Monday 1 April 2013

बिहीबार ‘फेसबुक फोन’ आउन

ेविश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले
आउँदो बिहीबार अर्थात् अपि्रल ४ का दिन आफ्नै स्मार्टफोन
सार्वजनिक गर्ने भएको छ । बिहिबारका लागि बहुप्रचारित पत्रकार
सम्मेलनको आयोजना गरेको फेसबुकले ‘एन्ड्रोइडमा नयाँ घर’
शीर्षकको पत्रकार सम्मेलनमा उपस्थित हुन अमेरिकी पत्रकारलाई
निम्ता समेत पठाएको छ ।
प्रविधि सम्बन्धि साइट टेक क्रन्चका अनुसार उक्त
सम्मेलनमा फेसबुकले नयाँ मोबाइल फोन सार्वजनिक गर्नेछ । जुन
पूरै फरक नभएर गुगलकै एन्ड्रोइड फोनको परिस्कृत संस्करण हुनेछ
। तथापि यसमा फेसबुकको आफ्नै घरेलु संचालन प्रविधि रहनेछ ।
पत्रकार सम्मेलन फेसबुकको क्यालिफोर्नियास्थित
मुख्यालयमा आयोजना गरिनेछ ।
रिपोर्ट अनुसार नयाँ स्मार्टफोनका लागि फेसबुकलाई
ताइबानी कम्पनी एचटिसीले सफ्टवेयर निर्माण गरिदिएको छ ।
फेसबुकका १ अर्ब ६ करोड प्रयोगकर्ता मध्ये आधाले मोबाइलबाटै
फेसबुक चलाउने गरेको हुनाले आफ्नै मोबाइल फोनमार्फत
प्रयोगकर्तालाई सुविधा प्रदान गर्ने सोँचमा फेसबुकले फेसबुक
फोन ल्याउन लागेको बताइएको छ ।

No comments:

Post a Comment