Saturday 6 April 2013

एचटिसीले ल्यायो नयाँ एण्ड्रोइड फोन

२५ चैत,
एजेन्सी ।
मोबाइलको दुनियाँमा आफ्नो प्रभुत्व
कायम राख्न
सफल
एचटिसीले
नयाँ एन्ड्रोइड
फोन
बजारमा ल्याएको छ
। एन्ड्रोइड
४.० आइस
क्रिम
स्याण्डविचको प्रयोग गरिएको उक्त फोनमा ४
इण्चको डिस्प्ले रहेको छ । १ गिगाहर्जको प्रोसेसर
रहेको उक्त फोनमा ५ सय १२ एमबीको र्याम र ४
गिबीको इन्टरनल मेमोरी रहेको छ । यसमा ३२
गिबी सम्मको मेमोरी राख्न सकिन्छ भने
यसको तौल पनि निकै कम रहेको छ । यसको तौल
मात्र १ सय १४ ग्राम रहेको छ। यो फोनको करिब
२० हजार नेपाली अर्थात् २ सय ३५ अमेरिकी डलर
पर्छ । यसमा वाइफाइ, ब्लुटुथ, गिपिएसका साथै ५
मेगा पिक्सेलको क्यामरा समेत रहेको छ।

No comments:

Post a Comment