Saturday 27 April 2013

पत्नी सीतासहित दाहाल भारत प्रस्थान (साथमा फोटो)

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले
संविधानसभाको आगामी निर्वाचन र मुलुकको आर्थिक
समृद्धिका लागि आफूले भारत भ्रमण गर्न लागेको बता
एका छन्। तीन दिने भारत भ्रमणका लागि शनिबार
नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले
मुलुकको आर्थिक समृद्धि र राजनीतिक गतिरोध फुकाउने
विषयमा आफ्नो भ्रमण केन्द्रित रहने बताए।
उनले भने, “त्रिदेशीय साझेदारीका लागि मैले
नेपालको तर्फबाट चीन र भारत दुवै देशलाई प्रस्ताव
गरेको छु, यो प्रस्तावले मुलुकको आर्थिक
उन्नतिमा विशेष योगदान राख्छ भन्ने मलाई विश्वास
छ।”
भारत भ्रमणका क्रममा आफूले
नेपालको जलस्रोत, पर्यटन, भौतिक
पूर्वाधारको विकासलगायतका विषयमा सहयोग उपलब्ध
गराउन आग्रह गरिने उनले जानकारी दिए।
यही वैशाखको सुरुमा साताव्यापी चीन भ्रमणबाट
आफूले सुरु गरेको छिमेकी मुलुकको भ्रमण फलदायी हुने
चर्चा गर्दै अध्यक्ष दाहालले भने, “गरिब र अभावग्रस्त
मुलुकले छिमेकीहरुको हित गर्न सक्दैन। त्यसकारण
आर्थिक विषयलाई नै अगाडि सार्नु आवश्यक
छ, त्यो कुरा मैले चीन
भ्रमणको क्रममा पनि त्यहाँको नेतृत्वलाई अवगत
गराएँ, भारत भ्रमणमा पनि त्यो कुरा अवगत गराउने छु।”
छिमेकी मुलुकहरुसँग समान समझदारी कायम गरेर
अगाडि बढ्ने नै आफ्नो उद्देश्य भएको चर्चा गर्दै उनले
भने, “विगतमा जस्तो एउटा मुलुकलाई अर्को मुलुकविरुद्ध
प्रयोग गर्ने अवस्था अहिले छैन।”
एमाओवादी अध्यक्षको हैसियतले भन्दा पनि समग्र
मुलुककै प्रतिनिधिको हैसियतले आफूले भारत भ्रमण गर्न
लागेको उनले उल्लेख गरे। उनले
आगामी संविधानसभाको निर्वाचनलाई सफल पार्न
छिमेकीहरुको सहयोग खोजेको पनि स्पष्ट पारे।
छिमेकीहरुको सहयोग बिना नेपालको आर्थिक उन्नति र
राजनीतिक स्थायित्वसमेत नहुने उजको दाबी थियो।
त्रिदेशीय समझदारी तत्काल हुन नसक्ने भारतीय
विदेशमन्त्री सलमान खुर्सीदको भनाइ रह्यो नी भन्ने
सञ्चारकर्मीको जिज्ञासामा उनले भने।
“सैद्धान्तिकरुपमा उहाँको भनाइ यथार्थपरक नै
छ, यसलाई विस्तारै कार्यान्वयन गर्दै लैजाने र मूर्त रुप
दिने नै आफ्नो प्रयास हो।” त्रिदेशीय
समझादारीको प्रस्ताव नयाँ र मौलिक प्रस्ताव भन्दै
भारतीय विदेश मन्त्रीले स्वीकार गरेको यथार्थतालाई
समेत आत्मसात गर्नुपर्ने उनको धारणा थियो।
भ्रमणको विषयलाई लिएर विभिन्न
टिका टिप्पणी भएपनि भ्रमणका क्रममा हुने वार्ता र
संवाद सबै पारदर्शी हुने र नेपाली जनतालाई यथार्थ
जानकारी गराउने समेत उनले बताए। अध्यक्ष दाहालले
भने, “कुनै पनि कुरालाई लुकाइने छैन, यथार्थ र
पारदर्शी रुपमा आम नेपाली जनतालाई
जानकारी गराइने छ।”
राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने र
आगामी निर्वाचनलाई सफल बनाउने प्रयास
भ्रमणको क्रममा हुने उनले बताए। उनले छिमेकीहरुलाई
विश्वासमा लिएर अगाडि बढ्ने र नेपालको उन्नतिलाई
केन्द्रविन्दुमा राखेर भारतीय नेताहरुसँग छलफल गर्ने
जानकारी दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले
विगतमा नेपालका तर्फबाट उठाइएका चासो र
चिन्तालाई हल गर्न समेत प्रयास गरिने बताए।
अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग
हिजो भएको भेटमा तत्काल निर्वाचनको मिति तोक्न
आफूले अनुरोध गरेको प्रसङ्ग जोड्दै उनले केही दिनभित्रै
चुनावको मिति समेत तोकिने बताए।
जेट एयरवेजबाट भारत प्रस्थान
गरेका अध्यक्ष दाहालले भ्रमण
टोलीमा माओवादी नेता कृष्णबहादुर महरा
, पत्नी सीता दाहाल र सहयोगी शिव खकुरेल छन्। रासस
www.nagariknews.com

No comments:

Post a Comment