Saturday 30 March 2013

मलेसियामा सबै नेपाली सुरक्षित छन्’


मलेसिया,
चैत्र १७
मलेसियाको जोहोरबारुस्थित
पासिर
गुडांङमा नेपालीमाथि भएको आक्रमण
घटनामा नेपालीको मृत्यु
नभएको यहाँस्थित
नेपाली दूतावासले
पुष्टि गरेको छ

दुतावासले
घटनास्थलको पाँच
दिने
स्थलगत
अध्ययनपछि सबै नेपाली सुरक्षित रहेको निष्कर्ष
निकालेको हो ।
शुक्रबार अबेर एक विज्ञप्ती जारी गरी दूतावासले
सो घटना भएको होस्टलमा बस्ने सम्पूर्ण नेपालीहरुको विवरण
साथै उनीहरुको पहिचान गरिएको र सबैजना सुरक्षित
रहेको पाइएको जनाएको हो ।
विज्ञप्तीमा उक्त होस्टलमा इको वयल्स, क्रियटिभ ब्रास,
इस्काटेक मेकाट्रोनिक्स, एफ-जेड सिनर्जी र एएसएम
टेक्नोलोजी मलेसिया गरि पाँच कम्पनीमा गरि जम्मा कार्यरत १
सय २० नेपाली बस्दै आएको र उनीहरु सबै सुरक्षित
रहेको जनाइएको छ ।
दुतावासका अनुसार इको वयल्समा ३३ जना, एएसएम
टेक्नोलोजीमा २० जना, क्रियटिभ ब्रास कम्पनीमा २२ जना,
एफजेड सिनर्जीमा १८ जना र इस्काटेक मेकाट्रोनिक्समा २७
गरि जम्मा १२० नेपाली सो होस्टलमा बस्दै आएका छन् ।
घटनामा एएसएम टेक्नोलोजी, एफजेड सिनर्जी, स्काटेक
मेकाट्रोनिक्स कम्पनीमा कार्यरत केही कामदार घाइते
भएका थिए । उनीहरुमध्ये त्यहाँको सुल्तान स्माइल
अस्पतालमा उपचारपछि गम्भिर घाइते राजु विश्वकर्मा बुधबार नै
डिस्चार्ज भएका छन् भने रामलाल साह उपचाररत छन् ।
विश्वकर्मा र साह क्रमशः एफजेड सिनर्जी र स्काटेक
मेकाट्रोनिक्समा कार्यरत रहेको पाइएको छ । यी दुईबाहेक अन्य
केही नेपाली सामान्य घाइते भएका दुतावासले उल्लेख गरेको छ ।
दुतावासले घटना कसरी भएको थियो भन्ने केही खुलाएको छैन ।
“मुख्य कुरा नेपाली सबै सुरक्षित छन्, यही नै महत्वपूर्ण हो”,
कार्यबहाक राजदुत लेखनाथ भट्टराईले कान्तिपुरसित भने
“घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाले
केही उल्लेख नगरिएको हो ।”
तर जाहोरस्थित प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय
अनलाइनले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन
गरि होहल्ला तथा झगडा गर्दा सो घटनाशुरु भएको र
कोही पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको छ ।
दुतावासका अनुसार आइतबार बेलुकाको सो घटनापछि एएसएम
टेक्नोलोजी र क्रियटिभ ब्रास नामक कम्पनीले त्यहाँबाट
आफ्ना सबै कामदार अन्यत्र सारिसकेका र उनीहरु सबै सुरक्षित
रहेका छन् । घटनामा सम्पर्कबिहीन भएका भनिएका एएसएम
टेक्नोलोजीमा कार्यरत एक युवा हाल सम्पर्कमा आइसकेका र
उनी सकुशल रहेका जनाइएको छ ।
सो घटनामा ९ नेपालीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रण
लिएको छ । उनीहरुमध्ये मनोज सुनार, निलकण्ठ जैसी र
दलबहादुर बम्बु एफजेड सिनर्जीमा कार्यरत रहेको तथा रगुन राई,
अमन गुप्ता, राकेश राय यादव, पवन साह बानिया इस्काटेक
मेकाट्रोनिक्स कम्पनीमा कार्यरत रहेका पनि उल्लेख गरिएको छ
। त्यस्तै प्रहरी नियन्त्रणमा रहेका सन्तोष पौडेल र रमेश बहादुर
भुजेल सानिटोन सेरामिक कम्पनीमा कार्यरत रहेका र उनीहरु
घटना भएको होस्टलबाट केही टाढा बस्दै
आएका विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुतावासले आइतबार भएको सो घटनाबारे ठोस अध्ययन
गरि सत्यतथ्य सार्वजनिक गर्न घटना भएको भोलीपल्टै
घट्नास्थलमा तीन कर्मचारी सम्मिलित एक
टोली खटाएको थियो । टोलीले त्यहाँ घाइते नेपाली,
प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासन लगायतका विभिन्न
पक्षसित घटनाबारे बुझेको थियो ।सो क्रममा सो होस्टलमा रहँदै
आएका नेपालीको संख्या र उनीहरुले काम गर्ने कम्पनी र
पहिचानपछि उक्त विवरणसहित शुक्रबार विज्ञप्ती सार्वजनिक
गरेको हो ।
“हाम्रा सबै नेपाली सुरक्षित छन्, उनीहरु सबै सकुशल नै छन्”
राजदुत भट्टराईले भने “कसैको पनि मृत्यु भएको छैन ।”
यस घटनाबारे मलेसियाली सरकारको तर्फबाट पनि अनुसन्धान
भइरहेकोसमेत विज्ञप्तीमा जनाइएको छ ।दुतावास टोलीले
होस्टल सार्न समेत कम्पनी पक्षलाई आग्रहसमेत गरेको छ । ।
“हामीले होस्टल सार्न कम्पनी पक्षलाई आग्रह गरेका छौं ।
तत्काल सार्न सम्भव नभएकाले
केही समयपछि सार्छौं भनेका छन् ।” भट्टराइले भने ।
त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ वटा कम्पनीले
आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् ।
होस्टलपरिसरमा नेपाली अझै त्रसित भएकाले
सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । “अहिले
स्थिती सामान्य भइसहेको छ । काममा आउन जान भ्यानले लाने
ल्याउने गरेको छ ।” सोही होस्टलमा बस्दै आएका सागर
न्यौपानेले भने “प्रहरीले सुरक्षा दिइरहेका छन् ।”

No comments:

Post a Comment