Saturday 27 April 2013

'विश्वासको बलियो आधार बनाउन भारत आएँ’

नयाँदिल्ली, वैशाख १५ - चीनबाट स्वदेश फर्किएको एक
साता नबित्दै अर्को छिमेकी मुलुक भारत आइपुगेका एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भ्रमण
नयाँदिल्लीसँग विश्वासको नयाँ र बलियो आधार स्थापित गर्न
केन्दि्रत हुने बताएका छन् । 'नेपालको राजनीतिक स्थिरता र
आर्थिक विकासका लागि विश्वासको नयाँ आधार बनाउनु
महत्त्वपूर्ण छ । मेरो भ्रमणको मुख्य उद्देश्य पनि त्यही हो,'
शनिबार नयाँदिल्ली आएपछि यहाँस्थित होटल
ओबरोयमा कान्तिपुरसँग कुरा गर्दै उनले भने । उनले नेपाल
राजनीतिक संक्रमण टुंग्याउने क्रममा रहेको चर्चा गर्दै
त्यसमा भारतीय सहयोग जरुरी रहेको टिप्पणी गरे ।
'भारतको नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीबाट सुरु
भएको नेपालको नयाँ राजनीतिक यात्रा निष्कर्षमा पुर्याउने समय
आएको छ र त्यसका लागि भारतको सहयोग चाहिन्छ,' उनले भने ।
सेनापति प्रकरणपछि नयाँदिल्लीसँग चिसिएको सम्बन्ध
सुधारका लागि तीन वर्षयता प्रयास गरिरहेका दाहालले त्यस
दिशामा भ्रमण महत्त्वपूर्ण भएको जवाफ पनि दिए । 'इतिहासबाट
शिक्षा लिँदै अगाडिका आधार तयार पार्नुपर्छ भन्ने मेरो बुझाइ हो ।
त्यस अर्थमा यो भ्रमण महत्त्वपूर्ण छ,' उनले प्रस्ट्याए ।
यसलाई आफ्नो पार्टी र
नयाँदिल्लीबीचको सम्बन्धका रूपमा भन्दा पनि दुई
मुलुकबीचको सम्बन्धलाई नयाँ अवस्थामा कसरी अगाडि बढाउन
सकिन्छ भन्ने ढंगमा बुझिदिन उनले आग्रह गरे । नेपाल, भारत र
चीनको त्रिदेशीय साझेदारीबारे सोधिएको प्रश्नमा उनले
यो दूरगामी रणनीति भएको भन्दै यसलाई तुरुन्तै कार्यान्वयन नहुने
विषयका रूपमा अथ्र्याए । 'यस सन्दर्भमा भारतीय विदेशमन्त्रीले
राखेको धारणा यथार्थपरक छ । यसको कार्यान्वयनका लागि अहिले
नै हतारो हुन्छ भन्ने उहाँको भनाइको म कदर गर्छु तर
यो साझेदारीको विषयलाई भिजन र रणनीतिका रूपमा प्रस्तुत गर्न र
छलफलका क्रम जारी राख्छु,' उनले भने । त्रिदेशीय
साझेदारीको अर्थ द्विपक्षीय सम्बन्धलाई कमजोर पार्ने
नभएको प्रस्ट पार्दै उनले भने, 'द्विपक्षीयको जति मात्रा बढायो,
त्रिदेशीय त्यतिकै दह्रो हुन्छ ।' भारत र चीनबीच सन्तुलन गर्नुपर्ने
बाध्यताले त यो प्रस्ताव ल्याएको होइन भन्ने प्रश्नमा उनले
'कसैसँग नजिक र कसैसँग टाढा हुने सामन्ती र
राजशाही जमाना गइसकेको टिप्पणी गरे । 'अब त दुवै छिमेकीबाट
जतिसक्दो सहयोग जुटाउने अनि समृद्धिमा मुलुकलाई लिएर जाने
भन्नेमा केन्दि्रत हुनुपर्छ,' उनले भने । महत्त्वपूर्ण भेटघाट सुरु
चारदिने भ्रमणमा शनिबार आएलगत्तै दाहालले महत्त्वपूर्ण
भेटवार्ता सुरु गरेका छन् । उनी बसेको होटल ओबरोयमै उनलाई भेट्न
भारतीय विदेश सचिव रञ्जन मथाई पुगेका थिए ।
त्यसपछि दाहाल प्रमुख विपक्षी दल भारतीय
जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग भेट्न अशोक रोडस्थित
उनकै निवास पुगेका थिए । उक्त 'डिनर' भेटमा भाजपाका अन्य
वरिष्ठ नेता पनि थिए ।
आइतबार हिमाञ्चल प्रदेश जाने कार्यक्रम भने खराब
मौसमका कारण रद्द भएको भारतका लागि नेपालका कार्यवाहक
राजदूत खगनाथ अधिकारीले जानकारी दिए । सतलज नदीमा निर्मित
१५ सय मेगावाट क्षमताको नाथ्पा झाँक्री बाँध
अवलोकनका लागि जाने कार्यक्रम थियो । अब उनी दिल्लीनजिकै
पर्ने नोयडास्थित एक पावर स्टेसन अवलोकनका लागि जाने छन् ।
आइतबारै नेपाली दूतावासले दाहालको सम्मानमा रात्रिभोज
आयोजना गरेको छ ।
सोमबार साँझ ५ बजे भारतीय विश्व मामिला परिषद्ले आयोजना गर्ने
कार्यक्रममा दाहालले नेपाल-भारत सम्बन्धमाथि विशेष भाषण
दिनेछन् । लगत्तै नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष
एवं सत्तारूढ नेसनलिस्ट कंग्रेस पार्टीका महासचिव
तथा राज्यसभा सदस्य डीपी त्रिपाठीले आयोजना गर्ने
रात्रिभोजमा सरिक हुनेछन् । त्यस दिन बिहान जनता दल
युनाइटेडका अध्यक्ष शरद यादवले आयोजना गर्ने
चियापानमा उनी जानेछन् । सोमबारै
लोकसभामा विपक्षी दलकी नेता सुष्मा स्वाराजले दाहालसँग
भेटवार्ता गर्नेछन् ।
मंगलबार भने दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र
विदेशमन्त्री सलमान खुर्सिदसँग बेग्लाबेग्लै भेट्ने छन् । सिंहसँग
उनको भेट भारतीय प्रधानमन्त्रीको सरकारी निवास सेभेन रेसकोर्स
रोडमा हुनेछ । खुर्सिदले दाहालको सम्मानमा दिवाभोज
पनि आयोजना गर्नेछन् । दाहाल मंगलबार दिउँसो ३.५० बजे
स्पाइसजेटको उडानबाट स्वदेश र्फकने छन् । दाहाल शनिबार जेट
एयरवेजको नियमित उडानबाट साँझ पौने ६ बजे यहाँ आइपुगेका हुन् ।
उनका साथमा पत्नी सीता, नेता कृष्णबहादुर महरा र सहयोगी शिव
खकुरेल छन् ।
सोनियासँग भेटबारे अन्योल
भारतीय राजनीतिको केन्द्रविन्दुमा रहेकी कंग्रेस आई अध्यक्ष
सोनिया गान्धीसँग दाहालको भेट हुने वा नहुनेबारे भने अझै अन्योल छ
। एमाओवादीका अर्का नेता बाबुराम भट्टराई
प्रधानमन्त्रीका रूपमा डेढ वर्षअघि यहाँ आउँदा सोनियाले भेट
गरेकी थिइनन् । त्यसअघि नयाँदिल्ली पुगेका कांग्रेस सभापति सुशील
कोइरालासँग भने उनले भेटेकी थिइनन् । भारतीय स्रोतहरूका अनुसार
नेपाल र भारतको राजनीतिका दुई केन्द्रीय पात्र दाहाल र
सोनियाबीच भेट गर्नु जरुरी भएको भन्दै उच्चस्तरीय तहमा पहल
भइरहेको छ ।
वैद्य समर्थितले देखाए कालोझन्डा
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि बाहिर
निस्केर गाडी चढेलगत्तै दाहाललाई नेकपा माओवादीनिकट अखिल
भारत नेपाली एकता मञ्च र नेपाली प्रगतिशील
विद्यार्थी मञ्चका केही कार्यकर्ताले कालोझन्डा देखाएका थिए ।
त्यसमा क्रममा दाहाल चढेको गाडीमा ठोक्किएर आफ्ना दुई
कार्यकर्ता घाइते भएको एकता मञ्चका उपाध्यक्ष मोतीराम गौतमले
बताए । दाहालको भारत भ्रमण 'असान्दर्भिक' भएको र उनले
'क्रान्तिलाई धोका दिएको' भन्दै
कालोझन्डा देखाएको विद्यार्थी मञ्चका अध्यक्ष विमल अधिकारीले
बताए ।ekantipur.com

पत्नी सीतासहित दाहाल भारत प्रस्थान (साथमा फोटो)

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले
संविधानसभाको आगामी निर्वाचन र मुलुकको आर्थिक
समृद्धिका लागि आफूले भारत भ्रमण गर्न लागेको बता
एका छन्। तीन दिने भारत भ्रमणका लागि शनिबार
नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले
मुलुकको आर्थिक समृद्धि र राजनीतिक गतिरोध फुकाउने
विषयमा आफ्नो भ्रमण केन्द्रित रहने बताए।
उनले भने, “त्रिदेशीय साझेदारीका लागि मैले
नेपालको तर्फबाट चीन र भारत दुवै देशलाई प्रस्ताव
गरेको छु, यो प्रस्तावले मुलुकको आर्थिक
उन्नतिमा विशेष योगदान राख्छ भन्ने मलाई विश्वास
छ।”
भारत भ्रमणका क्रममा आफूले
नेपालको जलस्रोत, पर्यटन, भौतिक
पूर्वाधारको विकासलगायतका विषयमा सहयोग उपलब्ध
गराउन आग्रह गरिने उनले जानकारी दिए।
यही वैशाखको सुरुमा साताव्यापी चीन भ्रमणबाट
आफूले सुरु गरेको छिमेकी मुलुकको भ्रमण फलदायी हुने
चर्चा गर्दै अध्यक्ष दाहालले भने, “गरिब र अभावग्रस्त
मुलुकले छिमेकीहरुको हित गर्न सक्दैन। त्यसकारण
आर्थिक विषयलाई नै अगाडि सार्नु आवश्यक
छ, त्यो कुरा मैले चीन
भ्रमणको क्रममा पनि त्यहाँको नेतृत्वलाई अवगत
गराएँ, भारत भ्रमणमा पनि त्यो कुरा अवगत गराउने छु।”
छिमेकी मुलुकहरुसँग समान समझदारी कायम गरेर
अगाडि बढ्ने नै आफ्नो उद्देश्य भएको चर्चा गर्दै उनले
भने, “विगतमा जस्तो एउटा मुलुकलाई अर्को मुलुकविरुद्ध
प्रयोग गर्ने अवस्था अहिले छैन।”
एमाओवादी अध्यक्षको हैसियतले भन्दा पनि समग्र
मुलुककै प्रतिनिधिको हैसियतले आफूले भारत भ्रमण गर्न
लागेको उनले उल्लेख गरे। उनले
आगामी संविधानसभाको निर्वाचनलाई सफल पार्न
छिमेकीहरुको सहयोग खोजेको पनि स्पष्ट पारे।
छिमेकीहरुको सहयोग बिना नेपालको आर्थिक उन्नति र
राजनीतिक स्थायित्वसमेत नहुने उजको दाबी थियो।
त्रिदेशीय समझदारी तत्काल हुन नसक्ने भारतीय
विदेशमन्त्री सलमान खुर्सीदको भनाइ रह्यो नी भन्ने
सञ्चारकर्मीको जिज्ञासामा उनले भने।
“सैद्धान्तिकरुपमा उहाँको भनाइ यथार्थपरक नै
छ, यसलाई विस्तारै कार्यान्वयन गर्दै लैजाने र मूर्त रुप
दिने नै आफ्नो प्रयास हो।” त्रिदेशीय
समझादारीको प्रस्ताव नयाँ र मौलिक प्रस्ताव भन्दै
भारतीय विदेश मन्त्रीले स्वीकार गरेको यथार्थतालाई
समेत आत्मसात गर्नुपर्ने उनको धारणा थियो।
भ्रमणको विषयलाई लिएर विभिन्न
टिका टिप्पणी भएपनि भ्रमणका क्रममा हुने वार्ता र
संवाद सबै पारदर्शी हुने र नेपाली जनतालाई यथार्थ
जानकारी गराउने समेत उनले बताए। अध्यक्ष दाहालले
भने, “कुनै पनि कुरालाई लुकाइने छैन, यथार्थ र
पारदर्शी रुपमा आम नेपाली जनतालाई
जानकारी गराइने छ।”
राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने र
आगामी निर्वाचनलाई सफल बनाउने प्रयास
भ्रमणको क्रममा हुने उनले बताए। उनले छिमेकीहरुलाई
विश्वासमा लिएर अगाडि बढ्ने र नेपालको उन्नतिलाई
केन्द्रविन्दुमा राखेर भारतीय नेताहरुसँग छलफल गर्ने
जानकारी दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले
विगतमा नेपालका तर्फबाट उठाइएका चासो र
चिन्तालाई हल गर्न समेत प्रयास गरिने बताए।
अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग
हिजो भएको भेटमा तत्काल निर्वाचनको मिति तोक्न
आफूले अनुरोध गरेको प्रसङ्ग जोड्दै उनले केही दिनभित्रै
चुनावको मिति समेत तोकिने बताए।
जेट एयरवेजबाट भारत प्रस्थान
गरेका अध्यक्ष दाहालले भ्रमण
टोलीमा माओवादी नेता कृष्णबहादुर महरा
, पत्नी सीता दाहाल र सहयोगी शिव खकुरेल छन्। रासस
www.nagariknews.com

पाकिस्तानीले कुटेपछि बेहोश नेपालीको युएईमा मृत्यु

ुउमाकान्त पाण्डे
१४ वैशाख । आबुधाबी। सम्युत्त अरब एमिरेट्स
युएईको आबुधाबीमा सन २०१२ मे को ४ तारिक
भएको घटनामा परि घाइते भएका एक
नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा घाइते भएका अर्का एक नेपाली उपचार पछि घर
बिदामा नेपाल फर्केका छन । बिगत दुइ बर्ष देखि सयुक्त अरब
एमिरेट्स
युएईको अबुधाबी स्थित गोल्डेन स्पाइक एन्ड व्हेत इस्त
बेकरीज कम्पनीमा सेल्स म्यान पदमा कार्यरत बाग्लुङ
जिल्ला बोङ्गादोभान गाबिस वार्ड नम्बर ८ का ३०
वर्षिय लोक बहादुर घर्ती मगरको अचेत
अवस्थाआमा अबुधबी स्थित माफ्रक सरकारी अस्पटालमा उपचार
क्रममा गत ११ अप्रिल
बिहीवार मृत्यु भएको हो । सम्युत्त अरब एमिरेट्स
युएईको अबुधाबी स्थित
गोल्डेन स्पाइक एन्ड ह्वाइट इस्ट बेकरीज
कम्पनीमा कम्पनीमा कार्यरत बाङ्गादोभान ८ का ३०
वर्षिय लोक बहादुर घर्ती मगरको मृत्यु भएको हो ।
उनको आबुधाबी स्थित मार्फक
सरकारी अस्पतालमा उपचार गर्दैगर्दा मृत्यु भएको हो ।
कम्पनीमा सेल्स म्यान पदमा कार्यरत मगरलाई
पाकिस्तानी नागरिकले आक्रमण गरेका थिए । नेपाली र
पाकिस्तानी नागरिक बीच क्रिकेट
खेलमा भएको सामान्य झगडाले उग्र रुप
लिदा भएको दुर्घटनामा परि बाग्लुङका लोक बहादुर
घर्ती मगर र म्याग्दीका लालबहादुर विक र अर्का एक
नेपाली घाइते भएका थिए । अचेत
अवस्थामा रहेका लोकबहादुरको उपचारको क्रममा अप्रि ११ गते
बिहीवार आबुधाबीमा ज्यान गएको हो । त्यस्तै
घटनामा घाइते भएका म्याग्दीका लाल बहादुर विक र
अर्का एक नेपाली उपचार पछि घर बिदामा नेपाल
फर्केका छन । ती नेपालीलाई आक्रमण गरेको आरोपमा १०
पाकिस्तानी नागरिकलाई पक्राउ
गरि हिरासतमा राखेको उनीहरु कार्यरत कम्पनीले
जनाएको छ । नेपाली र पाकिस्तानी नागरिक बीच क्रिकेट
खेलमा भएको सामान्य झगडा भएको र सोही झगडाले
उग्ररुप लिदा पाकिस्तानी नागरिकले क्रिकेट
ब्याटले नेपालीको टाउकोमा आक्रमण गरेका थिए ।
आक्रमण बाट लोकबहादुर लाई टाउको र छातीमा चोट
लागेको थियो भने लालबहादुर विकलाई हातमा सामान्य चोट
लागेको थियो । मृतक मगरको शब कम्पनीमा कार्यरत
अर्का नेपाली ईन्द्र श्रेष्ठको जिम्मा लगाएर पठाउने
तयारी भए पनि कानुनी प्रकृया अझै पुरा नभएकोले शब
पठाउन ढिला हुन सक्ने कम्पनीमै कार्यरत
मृतका मामा किरण बुढा मगरले जानकारी दिएका छन । घाइते भई
अस्पतालमा अचेत अवस्थामा उपचार्थ
मगरको घरको आर्थिक स्थिती नाजुक
भएको तथा कानुनी प्रकृयामा दुतावस सगं समन्ययव गरेर
शबलाई नेपाल पठाउन सहयोग गरिदिन
युएईमा रहेका सम्पूर्ण संघसस्थाहरुलाई पीडित
परिवारले अनुरोध गरेको छ । नेपाली राजदूतावास
अबुधावीको तथ्याङ्क अनुसार
जनवरी २०१३ देखि २३ अप्रिलसम्ममा १९
जना नेपाली कामदारहरुको मृत्यु भएको छ ।
जसमा हत्यामा १ जना ,सडक दुर्घटनामा ७ जना,
आत्महत्यामा २ जना र सामान्य अवस्थामा ९ जनाको मृत्यु
भएको हो ।

Thursday 25 April 2013

अर्घाखाँचीमा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न

बैशाख–१२,अर्घाखाँची
अर्घाखाँची जिल्लामा बैशाख ११ गतेबाट संचालित
जिल्ला स्तरिय खुल्ला भलिवल
प्रतियोगिताको उपाधी अमरावति युवाक्लव
ठाडा अमराईले हात पारेको छ|
सदरमुकाम सन्धिखर्कको टुडिखेल मैदानमा आज
भएको फाईनल खेलमा मिर्मिरे युवा क्लव जलुकेलाई
हराउँदै अमरावति युवा क्लव प्रथम भएको हो ।
खेलमा मिर्मिरे युवा क्लव जलुके द्धितिय र
डिभर्ना युवा क्लव तृतिय भएका छन्।
जिल्लाका बिभिन्न १५
ओटा समुहको सहभागिता रहेको उक्त
प्रतियोगितामा अमरावति युवा क्लव
ठाडाका चन्द्र कुंवर सर्वोत्कृष्ट खेलाडी घोषित
भएका छन् ।
विजयी प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने
खेलाडी समुहलाई क्रमश २० हजार, १५ हजार र १०
हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र वितरण
गरिएको थियो।
कार्यक्रमको समापनमा मन्तव्य राख्दै प्रमुख
जिल्ला अधिकारी गोविन्द मणी भुर्तेललले
व्यक्तिको चौतर्फी विकासको लागी खेलकुदको व
आवश्यक पर्ने बताउँदै गाउँ
गाउँमा प्रतियोगिता गराएर
खेलकुदप्रति जनताको आकर्षण बढाउन सबैले जोड
दिनुपर्न्र बताउनु भयो । खेल, खेलकुद विकास
समितिका अध्यक्ष हरिप्रसाद
भट्टराईको अध्यक्षता र शिव
वेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

Monday 22 April 2013

Nokia मोबाईलका लागि केही महत्वपूर्ण secret service codes हरु :- Nokia मोबाईलका लागि केही महत्वपूर्ण secret service codes हरु

secret service codes हरु :- *#06#
– Shows your International
Mobile Equipment Identity (IMEI)
number. *#92702689# - takes
you to
a secret menu where you may
findsome of the information
below:
1. Displays Serial Number.
2. Displays the Month and Year
ofManufacture
3. Displays (if there) the date
where the phone was
purchased(MMYY)
4. Displays the date of the last
repair - if found (0000)
5. Shows life timer of phone
(time passes since last start) to
exit this mode you have to
switch your phone off then on
again. *#2820# – Shows
BlueTooth Address for cell
phones with Bluetooth.
*#7780# – Normal reset,
restoreyour cell phone to
factory settings. *#7370# –
Deep reset, restore cell phone to
factory settings and format all
user data. *#0000# – Shows
your cell phone’s firmware
version. *3370# – Activates
Enhanced Full Rate codec (EFR)
(your cell phone uses the best
sound quality but talk time is
reducedbyapprox. 5%). #3370#
– Deactivate EnhancedFull Rate
codec (EFR). *4720# – Activate
Half Rate codec (your cell phone
uses a lower quality sound but
you should gain approx. 30%
more talk time). #4720# –
Deactivate the Half Rate codec.
all codes maynot work on all
Nokia cell phones!

Tuesday 16 April 2013

फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान् जो तस्वीर शेयर गर्दैनन्,

फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान्
जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन्
तथा आफ्ना साथीहरुसँग च्याटमा मीठा मीठा कुरा गर्दैनन् ।
फेसबुकमा च्याटिङ गर्नु तथा सँगै स्टाटस पनि अपडेट
गर्नुको मज्जा नै बेग्लै ।
यसरी च्याटमा गरिएका कुराकानी सबै फेसबुक
अकाउण्टमा सुरक्षित भएर बस्छन् । जुन पछि पनि पढ्न
पाइन्छ ।
कहिलेकाहीँ फेसबुकमा निकै गोप्य
कुरा च्याटमा गरिएको हुन्छ । यदि तपाइँको फेसबुक
अकाउण्ट अर्को कुनै व्यक्तिले पनि खोल्नसक्छ र
उसलाई तपाइँले कसैसँग गरिएको गोप्य
च्याटको बारेमा थाहा नदिनु छ भने तपाइँले आफ्नो फेसबुक
च्याट डिलिट गर्नुपर्छ । यदि गर्नुभएन भने तपाइँले
कोही साथीसँग गरेको गोप्य च्याट अरुले पनि हेर्न पाउने
सम्भावना हुन्छ ।
[[PASTING TABLES IS NOT
SUPPORTED]]फेसबुकबाट च्याटिङ म्यासेज डिलिट गरेर
आफ्नो गोप्य सम्वादलाई लिक हुन नदिनका लागि निम्न
उपाय अपनाउनुहोस् :
- सबैभन्दा पहिले आफ्नो फेसबुकको होम पेजमा जानुहोस्
त्यहाँ रहेको उल्टो हातजस्तो संकेतसहितको म्यासेज
बक्समा क्लिक गर्नुहोस् ।
- म्यासेज बक्समा क्लिक गरेसँगै तपाइँका सबै म्यासेज
खुल्नेछन् । त्यसपछि एक्सन मेनुमा जानुहोस् र डिलिट
म्यासेज नामक अप्सन छान्नुहोस् । अनि जुन
प्रकारका म्यासेज तपाइँ डिलिट गर्न
चाहनुभएको हो त्यसको बक्समा क्लिक गर्नुहोस् ।
[[PASTING TABLES IS NOT SUPPORTED]]-
यदि तपाइँ आजसम्मका सबै च्याटिङ म्यासेज नै डिलिट
गर्न चाहनुभएको हो भनी एक्सन मेनुमा गएर डिलिट
कन्भरसेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
यसो गर्दा तपाइँले फेसबुक अकाउण्ट सुरु गरेदेखिका सबै
च्याटिङ म्यासेज डिलिट हुनेछन् ।

ग्यालेक्सी एस ४ बजारमा एकै पटक दुई तस्वीर खिच्न सकिने

ग्यालेक्सी एस ४ बजारमा एकै पटक दुई तस्वीर
खिच्न सकिने
दक्षिण कोरियाको कम्पनी सामसुङले
ग्यालेक्सी एस–४ बजारमा ल्याएको छ ।
यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण
गर्न सकिन्छ ।
ग्यालेक्सी एस–४ को स्क्रीन ५ इन्च अर्थात १२
दशमलव ५ सेन्टिमिटर छ । न्यूर्याकमा एक
शानदार कार्यक्रमका बीच सार्वजनिक
गरिएको ग्यालेक्सी एस–४ यसबाट एकै पटक दुई
तस्वीर खिच्न सकिन्छ ।
यो अप्रिलको अन्तिमसम्ममा बजारमा उपलब्ध
हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले
आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस–४ उपलब्ध
गराउने सामसुङले जनाएको छ ।
gallexy-4यसमा स्मार्ट पोज नामको एक
विशेषता छ,
जसमा उपभोक्ता स्कीनभन्दा बाहिर हेरे
चलिरहेको भिडियो रोकिनेछ । स्मार्ठ स्क्रोल
सफ्टवेयर इमेल र अन्य विषय बस्तु
हेर्नका लागि उपभोक्ताको आँदा र
पहुँचको विश्लेषण गर्छ ।
ग्यालेक्सी एस–४ मा पछाडी १३
मेगाफिक्सलको क्यामरा छ भने अगाडी २
मेगाफिक्सलको क्यामरा छ । यसको तौल १ सय
३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिठर मोटाइ
छ । अर्थात यो ग्यालेक्सी एस–३ भन्दा हलुका र
पातलो छ ।
विश्लेषकहरुका अनुसार सामसुङले अब
अमेरिकी कम्पनी एप्पललाई कडा चुनौती दिने
अवस्था छ ।

Sunday 7 April 2013

नासाको विमानले खिच्यो सगरमाथाको यस्तो तस्विर...(तस्विरसहित)

२५ चैत, काठमाडौ । अमेरिकी अन्तरिक्ष
एजेन्सी नासाको रिमोट सन्सिङ्ग विमान
मध्य तथा दक्षिणी अमेरिकाको करिब एक
महिनाको यात्रा गरी फर्किएको छ । गत
मार्चमा एक मिशनमा पठाइएको उक्त विमानले
ज्वालामुखी, अमेजन नदी र
बाढी तथा पुरातात्विक स्थलरूको तस्विर
लिएको छ । गल्फस्ट्रिट-३ पैसेन्जर नामक
उक्त विमानमा १० फुट लामो रडार प्याड
राखीएको थियो । यसको रडार
रेडियो तरंगको मद्धतले जमिनको सतहलाई
स्क्यान गर्न सकिने र
त्यहाँ भइरहेको आँधा इन्च
भन्दा पनि मसिनो परिवर्तनलाई पत्ता लगाउन
सफल भएको थियो ।
नासाको उक्त विमानले सगरमाथाको समेत
तस्विर खिचेको छ । उक्त विमानले
खिचेको तस्विरमा सगरमाथाको उत्तरी भाग
देखिएको छ । उत्तरी भाग हुँदै
सगरमाथाको चुचुरोमा पुग्ने बाटोहरू निकै
प्रष्ट रूपमा खिचिएको छ ।
हेरौ नासाको विमानले
खिचेको सगरमाथाको उक्त तस्विvia-Nepaliheadlines.com

पार्टीले टिकट दिए चुनाव लड्छु: नायीका रेखा थापा

विभिन्न
बहानामा आफूलाई
चर्चित
बनाइरहने
नायीका रेखा थापाले
केही समयअघि प्रचण्डसँग
नाचेर
निकै
चर्चा कमाएकी थिइन्

यस्तै,
चलचित्र
विकासको बोर्डको अध्यक्ष
बन्नका लागि पनि तत्कालिन
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर
आफ्नो पक्षमा लबिङ गरेको घटनाले
पनि नेपाली सिने
बजारमा नायीका रेखाको चर्चा चुलिएको थियो ।
नायीका रेखाले निकै राजनीति गर्न लागेको समेत
केही कलाकर्मीहरूको आशंकालाई सत्य साबित गर्दै
उनले आफैले अब आफू पनि राजनीतिमा आउने
बताएकी छिन् ।
उनले एक अनलाइन पत्रिकालाई
दिएको अन्तरवार्तामा आफू
पनि राजनितिमा प्रवेश गर्ने बताउँदै उपयुक्त
समयको पर्खाई रहेको बताएकी छिन् । उनले आफू
राजनीतिमा आउने कुरा शत प्रतिशत सत्य
भएको समेत बताइन् । उनले राजनितिमा आउने सोच
बनाएपनि कुन पार्टीको झण्डा बोक्ने भनेर
चाँही कुनै योजना नबनाएको सुनाइन् । उनले
यसका लागी धेरै सोचविचार गरेर आउनुपर्ने बताइन् ।
उनले यदी कुनै पार्टीले टिकट दिए आफू
निर्वाचनमा लड्न तयार रहेको समेत बताइन् । उनले
परिआए संघर्ष गर्न समेत तयार रहेको बताएकी छिन् ।source-Nepaliheadlines.com

नासाको विमानले खिच्यो ज्वालामुखीको यति खतरनाक तस्विर...(तस्विरसहित)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रिमोट
सन्सिङ्ग विमान मध्य
तथा दक्षिणी अमेरिकाको करिब एक
महिनाको यात्रा गरी फर्किएको छ । गत
मार्चमा एक मिशनमा पठाइएको उक्त विमानले
ज्वालामुखी, अमेजन नदी र
बाढी तथा पुरातात्विक स्थलरूको तस्विर
लिएको छ । गल्फस्ट्रिट-३ पैसेन्जर नामक उक्त
विमानमा १० फुट लामो रडार प्याड
राखीएको थियो । यसको रडार
रेडियो तरंगको मद्धतले जमिनको सतहलाई स्क्यान
गर्न सकिने र त्यहाँ भइरहेको आँधा इन्च
भन्दा पनि मसिनो परिवर्तनलाई पत्ता लगाउन
सफल भएको थियो ।
यो विमानले कोलम्बियाको गालेरास
ज्वालामुखीको तस्विर लिएको छ । गत मार्च १३
मा लिइएको उक्त तस्विरले
त्यहाँ ज्वालामुखी निकै सक्रिय रहेको र त्यहाँ स-
साना देखि मध्यम विस्फोटहरू बारम्बार
भइरहेको विमानमा प्रयोग गरिएको रडारले
पत्ता लगाएको थियो ।
यस्तै, नासाको विमानमा रहेको उक्त रडारले मार्च
१७ तारिखमा इक्वेडर र
पेरूको नापो नदीको तस्विर समेत लिएको थियो ।
Source-Nepaliheadlines.com