Friday 29 March 2013

स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन’ यहाँ रोजीरोटी खोज्ने भए कानुनको सम्मान गर्नैपर्छः मलेसियन प्रहरी


मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार
भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण
दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ

घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार,
रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै
नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन
कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण
खुलाएको छ । होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र
अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त
भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले
प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु
नभएको उल्लेख गरेको थियो । तर सामाजिक
संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५
जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले
दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण
अद्याबधिक गरेको हो ।
मलेसियन प्रहरी भन्छ- ‘यहाँको कानुन पालना नगरे कडा कारवाही’
यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै
पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ ।
घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु
राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो-
‘स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन,
त्यो सरासर हल्ला हो ।’
मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले
सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग
झडप भएको प्रहरीले दावी गरेको छ । घाइतेमध्ये चार जनालाई
सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२
जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो ।
जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई
कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले
त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट
गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो ।
‘यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र
राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई
सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो ।

No comments:

Post a Comment