Wednesday 31 July 2013

नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा

मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल
क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
नोकिया लुमिया १०२० नामको उक्त स्मार्टफोन यतिधेरै
शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो ।
स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु
यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
यो क्यामराले खिचेका तस्वीर जूम गरेर रिफ्रेम गर्न सकिने र
त्यसो गर्दा तस्वीरको क्वालिटीमा कुनै फरक नपर्ने नोकियाले
जनाएको छ ।
विश्लेषकहरुले पनि नोकियाको लुमिया १०२० को क्यामरा अहिलेसम्म
बजारमा रहेका मध्ये सबैभन्दा उत्तम स्मार्टफोन
क्यामरा भएको बताएका छन् । तर क्यामराकै कारण
यो स्मार्टफोनको बिक्रि निकै उच्च हुने कुरामा भने उनीहरु विश्वस्त
छैनन् ।
हुनत नोकियाले अघिल्लो वर्ष आफ्नो स्मार्टफोन प्योर भ्यु ८०८
मोडलमा पनि ४१ मेगापिक्सेलको क्यामरा नराखेको होइन ।
तथापि उक्तस्मार्टफोनको अपरेटिङ सिस्टम निकै पूरानो भएकाले
त्यो उपभोक्ताको रोजाइमा पर्न सकेन । पछिल्लो स्मार्टफोन भने
माइक्रोसफ्टको विन्डोज फोन प्लाटर्फमबाट चल्ने र त्यसमा १ लाख
६० हजार भन्दा बढि एप्लिकेसन भएकाले लुमिना १०२० ले राम्रै
बजार पाउने अपेक्षा गरिएको छ ।
यो स्मार्टफोनबाट भिडियो रेकर्ड गर्दा ४ गुणा जुम गरेर हाइ डेफिनेसन
भएको गुणस्तरीय भिडियो खिच्न सकिने नोकियाले जनाएको छ ।
अमेरिकी बजारमा यसको मुल्य दुइ वर्षे कन्ट्रयाक्टमा ३ सय डलर
पर्ने बताइएको छ ।

No comments:

Post a Comment