Monday 29 July 2013

आर्यन र नम्रताको जोडी फेरि पर्दामा, ‘नोभेम्बर रेन’लाई आर्यनले नै बनाउने


नायक आर्यन सिग्देल र
नायिका नम्रता श्रेष्ठको जोडी फेरी पर्दामा आउने भएको छ ।
यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले
सर्वाधिक रुचाएका थिए । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन
लागेको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन र नम्रताको जोडी देखिन
लागेको हो ।
आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्ट
प्रालीको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका लागि नम्रताले
सोमबार सम्झौता गरेको निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।
यसअघि ‘हो यही माया हो’ बनाएका सुवासले दोश्रो चलचित्र स्वरुप
‘नोभेम्बर रेन’ निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रमा राजेश सिंहको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन,
हिमाल केसीको द्वन्द्व, ताराप्रकाश लिम्बुको संगीत रहने छ ।
चलचित्रलाई दिनेश रावतले निर्देशन गर्न लागेका छन् । दिनेशले
यसअघि चलचित्र ‘आई एम सरी’ निर्देशन गरेका थिए ।
यो सिनेमाको कथा चेतन गुरुङले लेखेका हुन् । चलचित्रको छायांकन
भदौ १५ गतेबाट सुरु गरिने छ । चलचित्रको छायांकन काठमाण्डौ र
धरानमा हुने निर्माता गिरीले जानकारी दिएका छन् ।
विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले
मन पराउने विश्वास निर्माणपक्षको छ । यसअघि ‘मेरो एउटा साथी छ’
मा अभिनय गरेर चर्चित बनेको आर्यन र नम्रताको जोडीलाई दर्शकले
‘नोभेम्बर रेन’मा कत्तिको मन पराउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
source-- onlinekhabar.com

No comments:

Post a Comment