Wednesday 24 July 2013

कुकुर आफु मरेर यसरी बचायो पुरा परिवार लाई

दोलखा, श्रावण १० – डढेर खरानी भएको घरको एक कुनामा बुधबार
बिहान मरेको कुकुर पल्टिरहेको भेटियो । त्यो कुकुर, जसले
घरभित्रका सबैलाई खबर गरेर जोगायो, आफू भने उम्कन नसकी ज्यान
गुमायो ।
बुधबार रातिको आगलागीबाट सम्पत्ति खरानी भए पनि कुकुरको योगदानले
मानवीय क्षति हुन पाएन । बारम्बार भुकेर
जगाएपछि सुतिरहेका परिवारका ८ सदस्यको ज्यान जोगियो । आत्तिएर
भागेका उनीहरूले आफूलाई बचाउने कुकुरको उद्धार गर्न भने भुले ।
भीमेश्वर नगरपालिका चोथाङको एक होटलमा आगलागीपछि मरेको कुकुर
देख्ने सबै खिन्न छन् । ‘काले’ का कारण आगोबाट जोगिएका घाइते होटल
मालिक राजकुमार खड्का भन्छन्, ‘सुतिरहेको ठाउँमा भुक्दै आएर
कोट्यायो, निद्रा खुलेपछि उठ्दा त आगो ढोकामै आइसकेको रहेछ ।’
करिब १ वर्षदेखि काले उनीहरूका साथमा थियो । सधैं घरबाहिर बस्ने
कालेले ३ दिनदेखि भित्रै बस्न जबर्जस्ती गरेको थियो । सधै
साथमा रहने कुकुर मरेपछि छोराहरू विशाल र विधान शोकमा छन् ।
‘होटलमा बढी भएको खानेकुरा खाने कालेले राति भुकेर हेरचाह गथ्र्यो,’
राजकुमारकी पत्नी कौशिलाले भनिन्, ‘३ दिनदेखि भित्रै बस्न
जबर्जस्ती गरेको कारण त हामीलाई बचाउन पो रहेछ ।’
कुकुरको संकेतबाट ढोका फोडेर मुस्किलले निस्किएका राजकुमार
भुइँतलामा रहेका पत्नी, छोराहरू तथा अरू २ सहयोगीलाई जोगाउनतिर लागे
। निकास कहीँ नभएकाले पछाडिको झ्यालको गि्रल फोडेर
घरभित्रका सबैलाई बाहिर निकाले । ‘तर कुकुर भने भित्रै परेछ,’
राजकुमारले खिन्न हुँदै भने । आगो सल्किरहेको ढोका खोलेर
निस्कँदा घाइते राजकुमारलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
शरीरको एक पाटो डढेकाले थप उपचारका लागि लगिएको हो ।
‘घनले गि्रल फोडेपछि हामी निस्कियौं,
माथिल्लो तलामा रहेको कालेको यादै भएन,’ कौशिलाले भनिन् । काले
निकैबेर कराएपछि राति करिब २ बजेमात्र
आगो लागेको थाहा भएको थियो । आगोले नगद र सामान गरी ५ लाख
क्षति भएको उनले बताइन् ।

No comments:

Post a Comment