Saturday 30 March 2013

मलेसियामा सबै नेपाली सुरक्षित छन्’


मलेसिया,
चैत्र १७
मलेसियाको जोहोरबारुस्थित
पासिर
गुडांङमा नेपालीमाथि भएको आक्रमण
घटनामा नेपालीको मृत्यु
नभएको यहाँस्थित
नेपाली दूतावासले
पुष्टि गरेको छ

दुतावासले
घटनास्थलको पाँच
दिने
स्थलगत
अध्ययनपछि सबै नेपाली सुरक्षित रहेको निष्कर्ष
निकालेको हो ।
शुक्रबार अबेर एक विज्ञप्ती जारी गरी दूतावासले
सो घटना भएको होस्टलमा बस्ने सम्पूर्ण नेपालीहरुको विवरण
साथै उनीहरुको पहिचान गरिएको र सबैजना सुरक्षित
रहेको पाइएको जनाएको हो ।
विज्ञप्तीमा उक्त होस्टलमा इको वयल्स, क्रियटिभ ब्रास,
इस्काटेक मेकाट्रोनिक्स, एफ-जेड सिनर्जी र एएसएम
टेक्नोलोजी मलेसिया गरि पाँच कम्पनीमा गरि जम्मा कार्यरत १
सय २० नेपाली बस्दै आएको र उनीहरु सबै सुरक्षित
रहेको जनाइएको छ ।
दुतावासका अनुसार इको वयल्समा ३३ जना, एएसएम
टेक्नोलोजीमा २० जना, क्रियटिभ ब्रास कम्पनीमा २२ जना,
एफजेड सिनर्जीमा १८ जना र इस्काटेक मेकाट्रोनिक्समा २७
गरि जम्मा १२० नेपाली सो होस्टलमा बस्दै आएका छन् ।
घटनामा एएसएम टेक्नोलोजी, एफजेड सिनर्जी, स्काटेक
मेकाट्रोनिक्स कम्पनीमा कार्यरत केही कामदार घाइते
भएका थिए । उनीहरुमध्ये त्यहाँको सुल्तान स्माइल
अस्पतालमा उपचारपछि गम्भिर घाइते राजु विश्वकर्मा बुधबार नै
डिस्चार्ज भएका छन् भने रामलाल साह उपचाररत छन् ।
विश्वकर्मा र साह क्रमशः एफजेड सिनर्जी र स्काटेक
मेकाट्रोनिक्समा कार्यरत रहेको पाइएको छ । यी दुईबाहेक अन्य
केही नेपाली सामान्य घाइते भएका दुतावासले उल्लेख गरेको छ ।
दुतावासले घटना कसरी भएको थियो भन्ने केही खुलाएको छैन ।
“मुख्य कुरा नेपाली सबै सुरक्षित छन्, यही नै महत्वपूर्ण हो”,
कार्यबहाक राजदुत लेखनाथ भट्टराईले कान्तिपुरसित भने
“घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाले
केही उल्लेख नगरिएको हो ।”
तर जाहोरस्थित प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय
अनलाइनले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन
गरि होहल्ला तथा झगडा गर्दा सो घटनाशुरु भएको र
कोही पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको छ ।
दुतावासका अनुसार आइतबार बेलुकाको सो घटनापछि एएसएम
टेक्नोलोजी र क्रियटिभ ब्रास नामक कम्पनीले त्यहाँबाट
आफ्ना सबै कामदार अन्यत्र सारिसकेका र उनीहरु सबै सुरक्षित
रहेका छन् । घटनामा सम्पर्कबिहीन भएका भनिएका एएसएम
टेक्नोलोजीमा कार्यरत एक युवा हाल सम्पर्कमा आइसकेका र
उनी सकुशल रहेका जनाइएको छ ।
सो घटनामा ९ नेपालीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रण
लिएको छ । उनीहरुमध्ये मनोज सुनार, निलकण्ठ जैसी र
दलबहादुर बम्बु एफजेड सिनर्जीमा कार्यरत रहेको तथा रगुन राई,
अमन गुप्ता, राकेश राय यादव, पवन साह बानिया इस्काटेक
मेकाट्रोनिक्स कम्पनीमा कार्यरत रहेका पनि उल्लेख गरिएको छ
। त्यस्तै प्रहरी नियन्त्रणमा रहेका सन्तोष पौडेल र रमेश बहादुर
भुजेल सानिटोन सेरामिक कम्पनीमा कार्यरत रहेका र उनीहरु
घटना भएको होस्टलबाट केही टाढा बस्दै
आएका विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुतावासले आइतबार भएको सो घटनाबारे ठोस अध्ययन
गरि सत्यतथ्य सार्वजनिक गर्न घटना भएको भोलीपल्टै
घट्नास्थलमा तीन कर्मचारी सम्मिलित एक
टोली खटाएको थियो । टोलीले त्यहाँ घाइते नेपाली,
प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासन लगायतका विभिन्न
पक्षसित घटनाबारे बुझेको थियो ।सो क्रममा सो होस्टलमा रहँदै
आएका नेपालीको संख्या र उनीहरुले काम गर्ने कम्पनी र
पहिचानपछि उक्त विवरणसहित शुक्रबार विज्ञप्ती सार्वजनिक
गरेको हो ।
“हाम्रा सबै नेपाली सुरक्षित छन्, उनीहरु सबै सकुशल नै छन्”
राजदुत भट्टराईले भने “कसैको पनि मृत्यु भएको छैन ।”
यस घटनाबारे मलेसियाली सरकारको तर्फबाट पनि अनुसन्धान
भइरहेकोसमेत विज्ञप्तीमा जनाइएको छ ।दुतावास टोलीले
होस्टल सार्न समेत कम्पनी पक्षलाई आग्रहसमेत गरेको छ । ।
“हामीले होस्टल सार्न कम्पनी पक्षलाई आग्रह गरेका छौं ।
तत्काल सार्न सम्भव नभएकाले
केही समयपछि सार्छौं भनेका छन् ।” भट्टराइले भने ।
त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ वटा कम्पनीले
आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् ।
होस्टलपरिसरमा नेपाली अझै त्रसित भएकाले
सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । “अहिले
स्थिती सामान्य भइसहेको छ । काममा आउन जान भ्यानले लाने
ल्याउने गरेको छ ।” सोही होस्टलमा बस्दै आएका सागर
न्यौपानेले भने “प्रहरीले सुरक्षा दिइरहेका छन् ।”

Friday 29 March 2013

स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन’ यहाँ रोजीरोटी खोज्ने भए कानुनको सम्मान गर्नैपर्छः मलेसियन प्रहरी


मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार
भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण
दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ

घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार,
रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै
नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन
कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण
खुलाएको छ । होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र
अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त
भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले
प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु
नभएको उल्लेख गरेको थियो । तर सामाजिक
संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५
जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले
दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण
अद्याबधिक गरेको हो ।
मलेसियन प्रहरी भन्छ- ‘यहाँको कानुन पालना नगरे कडा कारवाही’
यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै
पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ ।
घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु
राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो-
‘स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन,
त्यो सरासर हल्ला हो ।’
मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले
सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग
झडप भएको प्रहरीले दावी गरेको छ । घाइतेमध्ये चार जनालाई
सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२
जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो ।
जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई
कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले
त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट
गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो ।
‘यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र
राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई
सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो ।

मलेसिया घटनाका भन्दै सार्वजनिक भिडियोप्रति दुतावासको ध्यानाकर्षण


मलेसिया, चैत १६
मलेसिया घटना भन्दै फेसबुक तथा विभिन्न इन्टरनेट साइटबाट
विभत्स दृष्यसहितको तस्विर र भिडियो सार्वजनिक
भएकोमा मलेसियामा रहेको नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण
भएको जनाएको छ ।
गत आइतवार जोहोरबारुको पासिर गुडाङमा नेपालीहरु
बसेको होस्टेलमा भएको आक्रमणको भिडियो भन्दै
इन्टरनेटमा राखिएका भिडियो सही नभएको दुतावासले जनाएको छ

दुतावासले यसरी राखिएका असम्बन्धीत
भिडियो तथा तस्विरका कारण नेपाल र
मलेसियाबीचको सम्बन्धलाई असर पर्ने तर्फ ध्यान दिन सचेत
गराएको छ ।
दुतावासले गत आइतवार भएको घटनाको मलेसिया सरकारले
छानबिन गरिरहेको पनि जानकारी दिएको छ । घटनामा २
जना घाइते भएको र घाइते मध्ये एक
जना उपचारपछि फर्कि सकेको र अर्का एक जनाको भने
अस्पतालमा उपचार भइरहेको दुतावासले जानकारी पनि दिएको छ ।
दुतावासले निकालेको विज्ञप्ति जस्ताको तस्तै

Thursday 28 March 2013

तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ


तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ । अब म ४५ दिन
सुधारगृहमा बस्छु । सुधि्रएर नेपाल नै र्फकनेछु र सामाजिक
संस्थामा लागेर नेपाल र नेपालीका लागि काम गर्न चाहन्छु,’ फागुन
८ गते अचानक बेहोस भएपछि थाइल्यान्डको समितिभेज
अस्पतालमा उपचार गरी थप उपचारका लागि सुधारगृहमा जाने
क्रममा पूर्वयुवराज पारस शाहले
थाइल्यान्डमा रहेका आफ्ना सहयोगी र गैरआवासीय
नेपाली संघका प्रतिनिधिलाई भेट गर्ने
क्रममा सो कुरा बताउनुभएको हो । बुधबार अस्पतालमा सबैलाई
बोलाएर उहाँले धन्यवाद दिँदै भन्नुभयो-’तपाईहरुले गर्दा मैले
पुनर्जीवन पाएँ ।’
१ महिना ७ दिनसम्म उपचार गराएका पूर्वयुवराज पारसले अब
थाइल्यान्डबाट सात सय किलोमिटर टाढा रहेको च्याङमाईस्थित
एक सुधारगृहमा उपचार गराउने हुनुभएको छ । थाइल्यान्ड अदालते
समेत लागु औषधको कुलतमा लागेका पूर्वयुवराज पारसलाई
सुधारगृहमा राख्न दिएको आदेश र
पछिल्लो गतिविधिमा परिवारप्रति देखाएको व्यवहारको कारणले
गर्दा उहाँलाई अझै केही दिन सुधारगृहमा उपचारमा राख्नुपर्ने
विषयमा परिवार पनि सहमत भएको खबर नेपाल समाचारपत्रले
छापेको छ । पारसलाई आजै सुधारगृहमा लगिने बैंककस्थित
गैरआवासीय नेपाली संघका सचिव पुष्पराज सुवेदीले जानकारी दिए
। पारसलाई पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी,
बहिनी प्रेरणालगायत राजपरिवारका अन्य सदस्यहरुले सुधार
गृहमा लैजाने छन्

आँशु धारा संगै हेरे मलेसिया घटनाको यो अर्को भिडियो


आँशु धारा संगै हेरे
मलेसिया घटनाको यो अर्को भिडियो

click here----Watch "nepali kill in malaysian people" on YouTube

Wednesday 27 March 2013

एउटी बालिकामाथि यस्तो तानातान


काठमाडौं, चैत्र १५ - काठमाडौंका प्रमुख
जिल्ला अधिकारी चुडामणि शर्मा साउदी अरबमा बलात्कृत
भएकी एक युवती (नाम गोप्य) ले अनिच्छित
गर्भबाट जन्माएको एक बालिका-(नाम गोप्य)
माथिको संरक्षणसम्बन्धि विवादमा निर्णय
गर्दा कठोर 'कानुनी' तर्क मात्र गर्छन् ।
भन्छन्,'त्यसरी जन्मेको भए, त्यसको पनि प्रमाण त
चाहियो नि ।'
शर्माले
ती युवतीद्धारा संरक्षणका लागि जिम्मा लगाइएकी चिलियन
महिला (नाम गोप्य) बाट छुटाएर बालिकालाई
बालमन्दिर पठाएको दुई महिना भइसकेको छ ।
त्यो थाहा पाएर यु्वती आफ्नो नयाँ घरजमलाई
समेत जोखिममा राखी राजधानी आइन ।
आफ्ना छोरी फिर्ता पाउँ भन्दै उनले
बालमन्दिरलाई निवदेन दिइन । बालमन्दिरले
हकदाबीको जानकारी शर्मालाई गरायो । तर
उनी त्यसलाई मान्य ठान्दैनन ।
शर्मा स्वाभाविक रुपमा विवाह भएर
बच्चा जन्माएको अवस्थाको जस्तै
कानुनी प्रमाण देखाए मात्र आमा हो भनेर ठहर
गर्न सकिने जिकिर गर्छन् । उनी बालत्कार,
अनिच्छित गर्भ, टार्न नसकिने अवस्था,
वच्चाको जन्म, स्याहारसुसार, पालनपोषण र
संरक्षणमा कसैले
पुर्याएको योगदानको पनि प्रमाण खोज्छन् ।
'यदी उनको वच्चा हो भने छ वर्षसम्म के हेरेर
बसेको ?' कान्तिपुरको जिज्ञासामा उनले भने ।
'के त्यस्तो परिवन्दमा परेकी एउटी महिलाले
तपाईंले भनेजस्तो साहस देखाउनसक्ने समाज
हामीकहाँ छ र?'
यो प्रश्नमा चाहि उनी भन्छन्-'यसरी सवाल
जवाफ नगरौं, कानुनी प्रक्रियाअनुसार सबै
कुरा हुन्छ ।' उनले ती युवतीले वच्चा जन्माएर
अन्तराष्ट्रिृय
गिरोहको जिम्मा लगाएको आरोप पनि लगाए ।
वच्चाको विषयमा भइरहेको नाटकीय
मन्चनका विषयमा आफूलाई राम्रोसँग
जानकारी भएका पनि उनको दाबी छ ।
........
ती युवती सात वर्षअघि वैदेशिक
रोजगारीका लागि साउदी अरव गइन् । थोरवहुत
कमाएर जीवन सुखी पार्ने
उनको सपना त्यहाँ पुग्नेवित्तिकै तुषारापात
भयो । घरमालिकले लगातार बलत्कार
गरेपछि उनी अनिच्इित गर्भ लिएर नेपाल फर्किइन्
। राजधानीका सडकमा त्यत्तिकै
भौंतिरिरहेका बेला एक चिलियन महिला (नाम
गोप्य)ले उनलाई भेटिन ।
ती महिला एउटी नेपाली युवतीको अवस्थाबाट
भावविभोर हुँदै हरेक सहयोगका लागि तयार भइन

चिकित्सकले वच्चा जन्माउनुको विकल्प
नभएको बताए, अन्यथा गर्दा ज्यानकै
खतरा हुन्थ्यो । बच्ची जन्मिइन, चिलियन
महिलाले सुत्केरी उतारिदिइन । एक वर्ष सूगै
बसेपछि युवतीले छोरी चिलियन महिलाकै
जिम्मा लगाइन र गाउू फर्किन । बाबु चिनाउन
नसकिने, नेपाली समाजले नपचाउने अवस्थाबाट
जन्मेकी वच्चा लिएर संघर्ष गर्ने उनको सामथ्र्य
पक्कै थिएन । उनले गाउू गएर नयाँ घरजम
गरिसकेकी छिन् ।
छ वर्षकै भइसकेकी छिन् ती सुन्दर बालिका (नाम
गोप्य) । नेपाली, अंग्रेजी अत्यन्त मिठो बोल्छिन्
। तर पछिल्ला दुई
महिनादेखि उनको जीवनमा पनि कालो छायाँ मडारिएको छ
। उनलाई गैरकानुनी र जोखिमपूर्ण
रुपमा राखिएको छ भनेर स्माइल नेपाल नामक एक
संस्थाले जिल्ला प्रशासन कार्यालय
काठमाडौंमा उजुरी दियो ।
त्यो संस्थाका अध्यक्ष प्रधानमन्त्री कार्यालय
मातहातको लगानी वोर्डका प्रमुख राधेश पन्त
हुन् । उजुरीलगत्तै शर्माले बालिकालाई
बालमन्दिर पठाए र हकदाबीका लागि ३५ दिने
सूचना जारी गर्न लगाए । त्यो म्याद
गुज्रिसकेको छ । शर्मा अर्को २१ दिने थप
म्यादवाला सूचना जारी गर्ने तयारीमा छन् ।
कान्तिपुरको अनुसन्धानबाट के खुल्न आउूछ भने
युवतीले वच्चा जन्मेको एक वर्ष
भइसकेपछि अधिवक्ता गोविन्द वन्दीबाट
कागजी तथा भिडियो रेकर्डसहितको अभियोजन
गर्न लगाएर चिलियन महिलालाई
संरक्षणको प्रदान गरेकी थिइन ।
त्यसपछि उनी गाउँ फर्किन । मुलुकको विद्यमान
बालबालिकासम्बन्धी कानुनले
धर्मपुत्रसम्बन्धि स्पष्ट व्याख्या गरे
पनि विदेशी नागरिकले नेपालमै रहेर
स्वदेशी बालबालिकाको संरक्षण गर्नेबारे
केही बोलेको छैन ।
चिलीमा जन्मेर
बेलायतको नागरिकता लिएकी ती महिला बालिकालाई
कोही योग्य व्यक्तिको धर्मपुत्री बनाइदिन
कोसिस पनि आफूले गरेको बताउूछिन् । 'तर
कोही तयार भएनन्, अहिले उजुरी गर्नेहरुले
पनि त्यतिबेला मानेनन् । मेरो कतिपय अवस्थाले
एडप्ट -धर्मसन्तान बनाउनु) गर्न सकिन । तर मैले
उनलाई छोरी बनाएरै पालेकी छु,' उनले भनिन्,
'कसैले विधि पुर्याएर उनलाई एडप्ट गर्छ भने म
खुसी छु । तर यहाँ कसैले मसूगको रिसका कारण
अहिले उनलाई खोस्न लगाएको छ ।'
'एउटा विशेष अवस्थाका आमावच्चालाई मैले
सहयोग गरेको हुँ । मैले कुनै गैरकानुनी काम गरेको छैन
। गरेको छ भने सरकारले छानवीन गरोस् । मैले
हुर्काएको एउटा वच्चालाई त्यतिकै उठाएर
लगियो । वच्चा जन्माउने आमा स्वयम अहिले
आएकी छिन् । उनको सुनुवाई हुनुपर्छ होला,' उनले
थपिन ।
यो प्रकरणसँग जानकार व्यक्तिहरुका अनुसार
चिलियन महिला र उनको कुनै समय
राम्रो मित्रता भएकी अनु पन्त (स्माइल
नेपालकी उपाध्यक्ष)बीच 'अह्म
युद्ध' (इगो क्ल्यास) सुरु
भएपछि बालिका शिकार बनेकी हुन् । चिलियन
महिला र
ती बालिकाको सम्बन्धको प्रशंसा गर्दै
अनुका पति राधेशले डेढ वर्षअघि 'लेटर अफ
रिकमन्डेसन' समेत लेखेका थिए ।
'कुरा मिलेन, त्यसपछि बालिका हात पाएर
सेखी झार्ने खेल सुरु भएको हो,' प्रकरणसूग जानकार
र आफूलाई वालिकाको हितप्रति चिन्तित भन्न
चाहने महिला उद्यमी शोभा रायमाझी भन्छिन्
। उनी राज्यद्धारा निर्देशित विधि पूरा गरेर
आफूजस्ता धेरै जना वालिकाको संरक्षण गर्न
तयार रहेको उल्लेख गर्छिन् । साथसाथै
बालिका र उनकी आमालाई सहयोग पुर्याउने
विदेशी महिलामाथि पनि न्यायोचित व्यवहार
हुनुपर्ने, आमाको निवेदनमाथि पनि न्याय हुनुपर्ने
रायमाझीको भनाइ छ । स्माइल
नेपालका अध्यक्ष पन्तले यसबारे कुनै औपचारिक
प्रतिक्रिया दिन चाहेनन् । श्रीमती पन्त
पनि सम्र्पकमा आउन चाहिनन् ।
बालिकाको स्याहारसम्भारमा कुनै
समस्या नभएको पाइएको स्वयम् प्रजिअ
शर्मा स्वीर्काछन् । 'हामीले उजुरीपछि अनुगमन
गर्न जाँदा बालिकाको अवस्था राम्रो थियो,
तर चिलियन महिलाले धर्मपुत्री बनाउने
प्रक्रिया पूरा गर्न सकिनन्,' उनले भने ।
उनको यो भनाइ चिलियन
महिला पनि स्वीकार्छिन ।
बाल मन्दिरका अधिकारीहरुको दाबीअनुसार
शर्मा बालिका जसरी पनि पन्त जोडीलाई
दिलाउन चाहन्छन् । घटनाक्रमले के पनि देखाउँछ
भने बालिका संरक्षणसम्बन्धी विवादलाई कुनै
बेला राम्रो सम्बन्ध भएका सचेत र हुनेखाने
महिलाहरुबीचको आपसी 'इगो'ले विग्रहतर्फ
उन्मुख हुने गरी जटिल बनाइरहेको छ । 'त्यसलाई
संग्ल्याउने काम प्रजिअले पनि गर्न चाहेका छैनन्,'
एक बालमन्दिरका अधिकारी भन्छन् ।
बालिकालाई जन्म दिने आमा -वायोलोजिकल
मदर)ले
कान्तिपुरसूगको कुराकानीमा आफ्नी छोरीलाई
जवर्जस्ती वेवारिसे, टुहुरो बनाउन
खोजिएको थाहा पाएर ठूलो सामाजिक
जोखिमका बाबजुद
पनि राजधानी आएको बताइन । 'मैले जन्माएकी हुँ,
ममी (चिलियन महिला)ले मर्न
लागिसकेकी मलाई बचाउनुभयो,
छोरी स्याहार्नुभयो, पछि उहाँलाई
जिम्मा लगाउनुको विकल्प थिएन । म
उहाूको बोझ भएर सधैं बस्न सक्दैनथे, म
हिंड्नपथ्र्यो,' उनले भनिन् ।
बागबजारस्थित मितेरी अस्पतालमा उनले
अक्टोबर ६, २००६ मा ती बालिकालाई जन्म
दिएको 'वर्थ सर्टिफिकेट'बाट प्रस्ट हुन्छ ।
'ममीलाई जवर्जस्ती गलत देखाउन खोजिंदैछ,
उनी गलत भए प्रमाणित गर्नुपर्यो ।
मेरी छोरी हो, मलाई दिनुपर्यो, मैले वकिल राखेर
प्रमाण पुर्याएर ममीको जिम्मा लगाएको हुँ,' उनले
भनिन् ।
ती युवतीकी सहोदर दिदी (नाम गोप्य)
पनि यतिखेर वालिकाको जिम्मा लिन तयार
छिन् । उनले त्यसका लागि जिप्रकामा निवदेन
पेश गरेको थिइन् । यसबारे
शर्मा भन्छन्-'कोही ठूलीआमा भनेर पनि आए,
त्यसको प्रमाण के ?' बालमन्दिरको सन्चालक
समितिका एक सदस्य यो प्रकरणलाई कुनै
व्यक्ति विशेषको इच्छापूर्तिका लागि गरिएको सरकारी ओहोदाको प्रभावको दुरुपयोग
भन्छन् । 'एकदमै ठूलो खेल भयो,' उनले भने,
'बालिकाको साँच्चै माया गर्ने भए यत्रो खेल
किन ?'source-ekantipur.com

कालिका नाच फोटो फिचर र भिडियो सहित


नेपाल मा हुने सँकृत्ती मध्यको ऐक लोक प्रिय
सँकृती हो कालिका नाच! यो नाच बाट दर्शक
हरुलाई भरपुर्ण
मनोरन्जन प्रात्त हुन्छ! यो नाच
पछिल्लो समयमाँ अलिकती लोप
हुदै गयको पाईन्छ! तय यो नाचलाई लोप हुन नदिन
अर्घाखाँची केरुङा का युवाहरु लागी परि करिब
12
बर्षको अन्तरालमा यो नाच निकालेका थिय!
यो नाच
नचाउनको लागी करिब 30 हजार लाग्ने र करिब
15 /20
जना युवा बर्गहरु आवस्यक पर्दछ
watch video click here-----Watch "Kalika 2.mp4" on YouTube