Wednesday 31 July 2013

े नम्रताले अब फिल्म खेलेको पारिश्रमिक होइन सिनेमाको राइट्स माग्ने

नेपाली सिनेमाका चर्चित नायक तथा नायिकाहरुमा अहिले पारिश्रमिक
भन्दा पनि आफू अभिनित सिनेमाको विभिन्न देशको राइट्स लिने
प्रचलन बढ्दै गएको छ । नायक आर्यन सिग्देलले
केही महिना अघि अनलाइनखबरसँग कुरा गर्दै आफ्नो पारिश्रमिक ८
लाख कसरी पुग्यो भन्ने बिषयको रहस्य खोलेका थिए । आर्यनले
पनि केही देशको राइट्स लिने गरेको वुझिएको छ ।
यही भिडमा अर्की चर्चित नायिका नम्रता श्रेष्ठ पनि देखिएकी छिन् ।
अनलाइनखबर श्रोतका अनुसार नम्रताले प्रदर्शनका लागि तयार
भएका दुई चलचित्र ‘मेघा’ र ‘मौन’को लागि पारिश्रमिक नलिई विभिन्न
देशमा प्रदर्शन अधिकार लिएकी छिन् । नम्रताले चलचित्र
‘मेघा’को लागि हङकङको अधिकार लिएकी छिन् ।
हङकङमा सिनेमा प्रदर्शन गरेर उठेको रकम सबै नम्रताले प्राप्त
गर्नेछिन् । यस्तै उनले अर्को चलचित्र
‘मौन’को लागि अष्ट्रेलिया राइट्स लिएकी छिन् । हङकङ र
अष्ट्रेलियामा सिनेमाको शो गरे वापत आम्दानी हुने सबै रकम नै
नम्रताको पारिश्रमिक हुनेछ । यस्तै राइट्स
लिएको देशमा सिनेमाको भीसीडी विक्री गरेर पनि कलाकारहरुले नै लिने
गर्छन् । नेपाली सिनेमाका चर्चित कलाकारहरुको सिनेमाको माग
विदेशमा बढ्दै गएपछि उनीहरु पारिश्रमिकको साटो राइट्स लिन अग्रसर
छन् । नम्रताले निर्माण हुन लागेको नयाँ चलचित्र ‘नोभेम्बर
रेन’का लागि पनि राइट्स मागेकी थिइन् । तर निर्माणपक्षले भने
उनलाई कुनै पनि देशको राइट्स नदिई पारिश्रमिक नै दिएको छ

नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा

मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल
क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
नोकिया लुमिया १०२० नामको उक्त स्मार्टफोन यतिधेरै
शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो ।
स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु
यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
यो क्यामराले खिचेका तस्वीर जूम गरेर रिफ्रेम गर्न सकिने र
त्यसो गर्दा तस्वीरको क्वालिटीमा कुनै फरक नपर्ने नोकियाले
जनाएको छ ।
विश्लेषकहरुले पनि नोकियाको लुमिया १०२० को क्यामरा अहिलेसम्म
बजारमा रहेका मध्ये सबैभन्दा उत्तम स्मार्टफोन
क्यामरा भएको बताएका छन् । तर क्यामराकै कारण
यो स्मार्टफोनको बिक्रि निकै उच्च हुने कुरामा भने उनीहरु विश्वस्त
छैनन् ।
हुनत नोकियाले अघिल्लो वर्ष आफ्नो स्मार्टफोन प्योर भ्यु ८०८
मोडलमा पनि ४१ मेगापिक्सेलको क्यामरा नराखेको होइन ।
तथापि उक्तस्मार्टफोनको अपरेटिङ सिस्टम निकै पूरानो भएकाले
त्यो उपभोक्ताको रोजाइमा पर्न सकेन । पछिल्लो स्मार्टफोन भने
माइक्रोसफ्टको विन्डोज फोन प्लाटर्फमबाट चल्ने र त्यसमा १ लाख
६० हजार भन्दा बढि एप्लिकेसन भएकाले लुमिना १०२० ले राम्रै
बजार पाउने अपेक्षा गरिएको छ ।
यो स्मार्टफोनबाट भिडियो रेकर्ड गर्दा ४ गुणा जुम गरेर हाइ डेफिनेसन
भएको गुणस्तरीय भिडियो खिच्न सकिने नोकियाले जनाएको छ ।
अमेरिकी बजारमा यसको मुल्य दुइ वर्षे कन्ट्रयाक्टमा ३ सय डलर
पर्ने बताइएको छ ।

Monday 29 July 2013

आर्यन र नम्रताको जोडी फेरि पर्दामा, ‘नोभेम्बर रेन’लाई आर्यनले नै बनाउने


नायक आर्यन सिग्देल र
नायिका नम्रता श्रेष्ठको जोडी फेरी पर्दामा आउने भएको छ ।
यसअघि ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले
सर्वाधिक रुचाएका थिए । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन
लागेको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन र नम्रताको जोडी देखिन
लागेको हो ।
आर्यनको आफ्नै कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्ट
प्रालीको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका लागि नम्रताले
सोमबार सम्झौता गरेको निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।
यसअघि ‘हो यही माया हो’ बनाएका सुवासले दोश्रो चलचित्र स्वरुप
‘नोभेम्बर रेन’ निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रमा राजेश सिंहको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन,
हिमाल केसीको द्वन्द्व, ताराप्रकाश लिम्बुको संगीत रहने छ ।
चलचित्रलाई दिनेश रावतले निर्देशन गर्न लागेका छन् । दिनेशले
यसअघि चलचित्र ‘आई एम सरी’ निर्देशन गरेका थिए ।
यो सिनेमाको कथा चेतन गुरुङले लेखेका हुन् । चलचित्रको छायांकन
भदौ १५ गतेबाट सुरु गरिने छ । चलचित्रको छायांकन काठमाण्डौ र
धरानमा हुने निर्माता गिरीले जानकारी दिएका छन् ।
विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले
मन पराउने विश्वास निर्माणपक्षको छ । यसअघि ‘मेरो एउटा साथी छ’
मा अभिनय गरेर चर्चित बनेको आर्यन र नम्रताको जोडीलाई दर्शकले
‘नोभेम्बर रेन’मा कत्तिको मन पराउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
source-- onlinekhabar.com

Saturday 27 July 2013

प्रसंग ‘एटीएम’ र ‘नशा’ : जीया केसी र पूनम पाण्डेमा के छ समानता ?

बलिउडमा शुक्रबारबाट चलचित्र ‘नशा’ प्रदर्शनमा आएको छ ।
बलिउड हट मोडल पूनम पाण्डेले अभिनय
गरेको यो चलचित्रमा एक अधवैशे युवतीले आफू भन्दा केही कम
उमेरको युवासँग गर्ने रोमान्सलाई देखाउन खोजेको छ ।
चलचित्रमा पूनम पाण्डेले निक्कै हट दृश्यहरु दिएको बताइएको छ

बलिउडमा उत्तेजक तस्बिरका कारण चर्चामा आएकी पूनम
पाण्डेको ‘नशा’ले दर्शकलाई गर्माइरहेको समयमा नेपालमा भने
विवादस्पद चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएको छ । दिनेश
थापा, जीया केसी, सोनिया शर्मा, सविना कार्कीले अभिनय
गरेको यो चलचित्रले सोलो प्रदर्शनको अवसर पाएको हो ।
चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यले सर्वाधिक
आलोचना भोगेपछि ‘एटीएम’को प्रदर्शन राज्यले नै
रोकेको थियो । तर पुनरावेदन अदालत पाटनले चलाउन दिनु
भनि आदेश दिएपछि निर्माताले लामो सास फेरेका थिए ।
बलिउडमा नायिका पूनम पाण्डे उत्तेजक तस्बिर सार्वजनिक गरेर,
सेक्स सम्बन्धी धारणा सार्वजनिक गरेर चर्चामा छिन् । यस्तै
नेपालमा पनि नायिका जीया केसी चलचित्रमा उत्तेजक दृश्य
दिएर, हट फोटो खिचाएर, सेक्स सम्बन्धी विवादस्पद बयान
सार्वजनिक गरेर चर्चामा छिन् । कथाले मागेको खण्डमा र
आफूलाई मन परेको खण्डमा जस्तो सुकै दृश्य दिन पनि तयार
रहेको धारणा जीयाले सार्वजनिक गरेकी छिन् । बलिउड मोडल
पूनम पाण्डे पनि आफूलाई नाङगिदा कुनै खालको आपत्ती नहुने
बताउछिन् । यसैले पनि समक्षिकहरु पूनम पाण्डे र
जीया केसीको चर्चामा आउने
तरिकामा समानता रहेको बताउछन् । अब हेर्न बाँकी यो छ कि,
सेक्स कै बिषयले चर्चामा आएका यि दुई नायिकाको सिनेमाले
कस्तो चर्चा र बजार पाउने हो
source-onlinekhabar.com

बिकेकै हो त जीया र सोनियाको जवानी ?

बिकेकै हो त जीया र सोनियाको जवानी ?

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘एटीएम’ले
देशभरका हलमा राम्रो सुरुवात गरेको निर्माता दिनेश थापाले
बताएका छन् । काठमाण्डौका अधिकांश हलमा सिनेमाले
हाउसफुलको ओपनिङ गरेको निर्माता दिनेश थापाले दाबी गरे

यादव सिलवालको निर्देशनमा तयार
भएको यो सिनेमामा जीया केसी, सोनिया शर्मा,
सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय
छ । प्रदर्शन अगावै
अश्लिलताको पगरी गुँथेको यो सिनेमालाई सेन्सर बोर्डले
प्रदर्शनमै रोक लगाएको थियो । तर निर्माताले पुनरावेदन
अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले
सिनेमा चलाउन दिनु भनेपछि ‘एटीएम’ले
सोलो प्रदर्शनको अवसर पाएको हो ।
चलचित्रले काठमाण्डौको गुण, गोपी, कलंकी, अष्टनारायण,
बाराही, पुष्पाञ्जली लगायतका हलमा हाउफुल सुरुवात
गरेको निर्माता थापाको भनाई छ । यस्तै
मोफसलमा पनि एटीएमको व्यापार
राम्रो रहेको बताइएको छ । अत्याधिक चर्चा पाएकाले
पनि एटीएमले इनिशियल व्यापार गरेको देखिन्छ ।
सिनेमाको व्यापारको वास्तविक आँकडा आइतबार
पछि स्पष्ट देखिनेछ ।

Thursday 25 July 2013

रणवीर र कैटरिनाको रोमान्स

बिहीबार १० श्रावण, २०७०
एजेन्सी

बलिउड स्टार रणवीर कपुर र कैटरिना कैफको रोमान्सले
यतिबेला बलिउड तातेको छ। ती दुबैको तस्बिर
इन्टरनेटमा सार्वजनिक भएपछि उनीहरुको रोमान्सबारे
चर्चा हुन थालेका हुन्। सलमान
खानसँगको विछोडपछि एक्लिएकी कैटरिनाबारे
यसअघि पनि रणवीर कपुरसँग नाम जोडिएको समाचार
आएको थियो। दीपिका पादुकोनसँगको विछोडपछि पनि रणवीर
कैटरिनासँग नजिकिएको अनुमान बलिउडकर्मीले गरेका छन्।
स्पेन र श्रीलंकामा ती दुबैले छुट्टी मनाएर हालै मुम्बई
फर्किएको भारतीय समाचार एजेनसीहरुले जनाएका छन्।
स्पेनको समुन्द्री तटमा रातो बिक्नीमा देखिएका कैटरिनासँगै
रणवीर पनि देखिन्छन्। मुम्बईमा हालै आयोजित एक अवार्ड
कार्यक्रममा उनीहरु दुबै एकसाथ उपस्थित भएका थिए। सन्
२००९ मा निर्मित फिल्म 'अजब प्रेम कि गजब
कहानी'मा यी जोडी एकसाथ दिएका थिए।

Wednesday 24 July 2013

कुकुर आफु मरेर यसरी बचायो पुरा परिवार लाई

दोलखा, श्रावण १० – डढेर खरानी भएको घरको एक कुनामा बुधबार
बिहान मरेको कुकुर पल्टिरहेको भेटियो । त्यो कुकुर, जसले
घरभित्रका सबैलाई खबर गरेर जोगायो, आफू भने उम्कन नसकी ज्यान
गुमायो ।
बुधबार रातिको आगलागीबाट सम्पत्ति खरानी भए पनि कुकुरको योगदानले
मानवीय क्षति हुन पाएन । बारम्बार भुकेर
जगाएपछि सुतिरहेका परिवारका ८ सदस्यको ज्यान जोगियो । आत्तिएर
भागेका उनीहरूले आफूलाई बचाउने कुकुरको उद्धार गर्न भने भुले ।
भीमेश्वर नगरपालिका चोथाङको एक होटलमा आगलागीपछि मरेको कुकुर
देख्ने सबै खिन्न छन् । ‘काले’ का कारण आगोबाट जोगिएका घाइते होटल
मालिक राजकुमार खड्का भन्छन्, ‘सुतिरहेको ठाउँमा भुक्दै आएर
कोट्यायो, निद्रा खुलेपछि उठ्दा त आगो ढोकामै आइसकेको रहेछ ।’
करिब १ वर्षदेखि काले उनीहरूका साथमा थियो । सधैं घरबाहिर बस्ने
कालेले ३ दिनदेखि भित्रै बस्न जबर्जस्ती गरेको थियो । सधै
साथमा रहने कुकुर मरेपछि छोराहरू विशाल र विधान शोकमा छन् ।
‘होटलमा बढी भएको खानेकुरा खाने कालेले राति भुकेर हेरचाह गथ्र्यो,’
राजकुमारकी पत्नी कौशिलाले भनिन्, ‘३ दिनदेखि भित्रै बस्न
जबर्जस्ती गरेको कारण त हामीलाई बचाउन पो रहेछ ।’
कुकुरको संकेतबाट ढोका फोडेर मुस्किलले निस्किएका राजकुमार
भुइँतलामा रहेका पत्नी, छोराहरू तथा अरू २ सहयोगीलाई जोगाउनतिर लागे
। निकास कहीँ नभएकाले पछाडिको झ्यालको गि्रल फोडेर
घरभित्रका सबैलाई बाहिर निकाले । ‘तर कुकुर भने भित्रै परेछ,’
राजकुमारले खिन्न हुँदै भने । आगो सल्किरहेको ढोका खोलेर
निस्कँदा घाइते राजकुमारलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
शरीरको एक पाटो डढेकाले थप उपचारका लागि लगिएको हो ।
‘घनले गि्रल फोडेपछि हामी निस्कियौं,
माथिल्लो तलामा रहेको कालेको यादै भएन,’ कौशिलाले भनिन् । काले
निकैबेर कराएपछि राति करिब २ बजेमात्र
आगो लागेको थाहा भएको थियो । आगोले नगद र सामान गरी ५ लाख
क्षति भएको उनले बताइन् ।