Tuesday 28 May 2013

होक्काइदोको अधिवेशन ऐतिहासिक बनाउँछौँ: अध्यक्ष अर्जुन अधिकारी

गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशन बुधबार सम्पन्न हुँदैछ । समितिको कार्यकाल चार
वर्ष पूरा भएपछि भव्यताका साथ अधिवेशन सम्पन्न गर्ने
तयारी भएको छ । अधिवेशनसँगै वर्तमान
अध्यक्ष अर्जुन
अधिकारी नेतृत्वको कार्यसमितिले
बिदा लिनेछ भने नयाँ कार्यसमिति चयन
हुनेछ ।
एनआरएन जापान,
होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशनको पूर्वसन्ध्यामा अधिकारीसँग गरिएको कुराकानी
तपाईँको जापान बसाईबारे बताइदिनोस् न ?
म १३ वर्षदेखि जापानमा छु । ९ वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै
आएको छु । अहिले जापानमा ८ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु ।
यसबाहेक एनआरएनसहित सामाजिक संघ संस्थामा पनि आबद्ध छु ।
तपाईंको कार्यसमितिले एनआरएन जापान, होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशन तयारी कहाँ पुर्याउनुभयो ?
तयारी पूरा भएको छ । हामी अधिवेशन ऐतिहासिक बनाउँछौँ ।
अधिवेशनमा एनआरएन जापानका पदाधिकारीसहित विशिष्ट अतिथिहरु
आउनुहुन्छ ।
तपाईँको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरु केही छन् कि ?
एनआरएन भनेको व्यक्तिगतभन्दा पनि सामूहिकरुपमा चल्ने संस्था हो ।
हामीले चार वर्षमा सामूहिकताको विकास गरेर केही काम गरेका छौँ ।
विभिन्न सामाजिक कामका लागि सहयोग गरेका छौँ ।
नयाँ योजनाहरु ?
पक्कै पनि केही योजनाहरु छन् । हाम्रो कार्यकाल पूरा भइहाल्यो ।
नयाँ कार्यसमितिले त्यसलाई पूरा गर्नेछ भन्ने विश्वास लिएको छु ।
होक्काइदोमा नेपालीको अवस्था कस्तो छ ?
यहाँ १ सय ८० भन्दा बढी नेपाली छन् । तीमध्ये ७०
प्रतिशतभन्दा बढीको व्यवसाय रेस्टुरेन्ट नै हो । बाँकी भने
र्याफटिङलगायतका पेसा व्यवसायमा हुनुहुन्छ ।
नेपालका लागि के सोच्नुभएको छ ?
हामी नेपालमा होटल, जलविद्युत्, पर्यटनलगायतमा लगानी गर्न
चाहन्छौँ । सामूहिक लगानीको भावनाले काम पनि सुरु भएका छन् ।
आगामी कार्यकालमा तपाईंको दाबी ?
मैले एनआरएन होक्काइदोमा ६ वर्ष काम गरेँ, दुई वर्ष छुट्टै
भूमिकामा थिएँ भने पछि नेतृत्वमा रहेँ । भावी नेतृत्व सहमतिमा बनाइन्छ
। म कार्यसमितिमा रहे पनि सहयोग र सद्भाव भने रहिरहन्छ ।
बाँकी केही छन् कि ?
जहाँ रहे पनि मातृभूमिलाई माया गरौँ । मातृभूमिका लागि केही गरौँ भन्न
चाहन्छु । मेरो कार्यकालमा भएका गल्ती कमजोरीलाई क्षमा दिन
आग्रह गर्दछु ।
Source-www.japankathmandu.com

No comments:

Post a Comment