Tuesday 28 May 2013

होक्काइदोको अधिवेशन ऐतिहासिक बनाउँछौँ: अध्यक्ष अर्जुन अधिकारी

गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशन बुधबार सम्पन्न हुँदैछ । समितिको कार्यकाल चार
वर्ष पूरा भएपछि भव्यताका साथ अधिवेशन सम्पन्न गर्ने
तयारी भएको छ । अधिवेशनसँगै वर्तमान
अध्यक्ष अर्जुन
अधिकारी नेतृत्वको कार्यसमितिले
बिदा लिनेछ भने नयाँ कार्यसमिति चयन
हुनेछ ।
एनआरएन जापान,
होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशनको पूर्वसन्ध्यामा अधिकारीसँग गरिएको कुराकानी
तपाईँको जापान बसाईबारे बताइदिनोस् न ?
म १३ वर्षदेखि जापानमा छु । ९ वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै
आएको छु । अहिले जापानमा ८ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छु ।
यसबाहेक एनआरएनसहित सामाजिक संघ संस्थामा पनि आबद्ध छु ।
तपाईंको कार्यसमितिले एनआरएन जापान, होक्काइदोको क्षेत्रीय
समितिको अधिवेशन तयारी कहाँ पुर्याउनुभयो ?
तयारी पूरा भएको छ । हामी अधिवेशन ऐतिहासिक बनाउँछौँ ।
अधिवेशनमा एनआरएन जापानका पदाधिकारीसहित विशिष्ट अतिथिहरु
आउनुहुन्छ ।
तपाईँको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरु केही छन् कि ?
एनआरएन भनेको व्यक्तिगतभन्दा पनि सामूहिकरुपमा चल्ने संस्था हो ।
हामीले चार वर्षमा सामूहिकताको विकास गरेर केही काम गरेका छौँ ।
विभिन्न सामाजिक कामका लागि सहयोग गरेका छौँ ।
नयाँ योजनाहरु ?
पक्कै पनि केही योजनाहरु छन् । हाम्रो कार्यकाल पूरा भइहाल्यो ।
नयाँ कार्यसमितिले त्यसलाई पूरा गर्नेछ भन्ने विश्वास लिएको छु ।
होक्काइदोमा नेपालीको अवस्था कस्तो छ ?
यहाँ १ सय ८० भन्दा बढी नेपाली छन् । तीमध्ये ७०
प्रतिशतभन्दा बढीको व्यवसाय रेस्टुरेन्ट नै हो । बाँकी भने
र्याफटिङलगायतका पेसा व्यवसायमा हुनुहुन्छ ।
नेपालका लागि के सोच्नुभएको छ ?
हामी नेपालमा होटल, जलविद्युत्, पर्यटनलगायतमा लगानी गर्न
चाहन्छौँ । सामूहिक लगानीको भावनाले काम पनि सुरु भएका छन् ।
आगामी कार्यकालमा तपाईंको दाबी ?
मैले एनआरएन होक्काइदोमा ६ वर्ष काम गरेँ, दुई वर्ष छुट्टै
भूमिकामा थिएँ भने पछि नेतृत्वमा रहेँ । भावी नेतृत्व सहमतिमा बनाइन्छ
। म कार्यसमितिमा रहे पनि सहयोग र सद्भाव भने रहिरहन्छ ।
बाँकी केही छन् कि ?
जहाँ रहे पनि मातृभूमिलाई माया गरौँ । मातृभूमिका लागि केही गरौँ भन्न
चाहन्छु । मेरो कार्यकालमा भएका गल्ती कमजोरीलाई क्षमा दिन
आग्रह गर्दछु ।
Source-www.japankathmandu.com

ट्वाइलेटको पाइपभित्र भेटियो जिउँदो बच्चा

जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई
पाइप भित्रबाट जिवितै उद्दार गरिएको छ । अज्ञात महिलाले
बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस
गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर
ठूलो आकारको भएकाले
पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो र पानी सबै तल झरेकाले
उसले सास फर्ेन सक्यो ।
बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र
रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ ।
चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय
घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले
ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे ।
त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए । कमोटभन्दा केही तल
बच्चा थियो । ऊ ४ इन्च गोलाइको पाइपमा अडि्करहेको थियो र
रोइरहेको थियो । उद्दारकर्मीले निकै होसियारी पर्ूवक
त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए ।
अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।
त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले
ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई
पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ ।
उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ । यो दर्दनाक
घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ
कडा टिप्पणी भैरहेका छन् । एकजनाले टि्वटरमा भनेका छन्,
त्यसो गर्ने बाउआमाको हृदय त ढलको पाइप भन्दा पनि फोहोर
रहेछ ।

Friday 24 May 2013

त्रिशूली फेरी बस दुर्घटना''

१० त्रिशूली (नुवाकोट) - जिल्लाको काहुलेबाट
काठमाडौँका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते
भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
काहुलेको किट्नेबगरबाट काठमाडौँका लागि गुडेको बा१ख ६१३८
नम्बरको बस आज बिहान ९:३० बजे काहुले गाविस वडा नं– ८
आर्पामा दुर्घटना भएको हो ।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई
उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाँकी घाइतेको त्रिशूली अस्पतालमा उपचार
भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस हिलो सडकमा चिप्लिएर सडकदेखि १० मिटर तल खसेको थियो ।
रासस''

पहाड फोडेर निस्कियो यस्तो ज्योती, भगवान् भएको आशंका...(फोटोफिचर)

यो संसार गज्जबको छ । हामीले समय-
समयमा विचित्रका घटनाहरू देख्न र सुन्न पाउने गर्छौ ।
हामीले विश्वास नै नगरेका घटनाहरू विश्वास गर्नै पर्ने
घटना बनेर हामीसामू देखिन्छन् वा सुनिन्छन् ।
प्रकृतिको नियम पनि यस्तै छ सायद बेला-
बेलामा नयाँ नयाँ घटना र यथार्थले हामीलाई चकित
पारिनै रहेको हुन्छ ।
यस्तै, एक अर्को आश्चर्य भेटिएको छ
अमेरिकाको क्यालिफोर्नियाको पेफिएर बिचमा ।
पेफिएर बीचमा रहेको एक पहाडमा देखिएको दृश्यले
सबैलाई चकित बनाएको छ । प्रत्येक
वर्षको केही हप्तामात्र देखिने यो दृश्यले सबैलाई चकित
पार्ने गरेको छ ।
बिचमा रहेको उक्त
पहाडमा रहेको एउटा प्वालमा एउटा यस्तो प्रकाश
देखिन्छ जुन देखेर सबै आश्चर्यमा पर्ने गरेका छन् । उक्त
पहाडमा देखिएको उक्त दृश्य भगवान् उपस्थिती हो भन्ने
पनि धेरै छन् । सामान्य रूपमा हेर्दा अचम्म लाग्ने यो दृश्य
सायद कुनै दैवी शक्तिको प्रभाव हो भनेर धेरैले विश्वास
गरेका छन् ।
तर, विज्ञहरूले भने यो कुनै भगवान् नभइ यो सूर्य
अस्ताउँदा देखिएको दृश्य मात्र भएको बताएका छन् ।
उनीहरुले सूर्य अस्ताउने बेला यस्तो दृश्य देखिने बताउँदै
पानीको छालको परावर्तनको कारण यस्तो दृश्य
देखिएको दावी गरेका छन् । उक्त दृश्य देखिने
पहाडको त्यो प्वाल २० वर्गफिटको रहेको बताइएको छ ।
यी तस्विरहरू फोटोग्राफर मार्क ब्रोडकिनले लिएका हुन्
। मार्क ब्रोडलिनले यस्तो दृश्य निकै बिरलै देखिने बताउँछन्
। उनले सूर्यको किरण र त्यसको परावर्तनका कारण
देखिएको यस्तो दृश्य देख्न पाउनु पनि भाग्यकै कुरा हो ।
हेरौ उक्त अद्भुत दृश्यहरू तस्विरमा...source-nepaliheadlines.com

Thursday 23 May 2013

अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड

काठमाण्डौ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले अमर लामाको हत्या एमाओवादीले नगरेको बताउनुभएको छ ।
पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्च माविको भवन
उद्घाटन तथा ३३ औँ वाषिर्कोत्सव समारोहमा मंगलबार प्रचण्डले
लामाको हत्या एमाओवादीले गरेको भनी लगाइएको आरोपको प्रतिवाद
गर्दै भन्नुभयो -”अमर लामाको हत्या एमाओवादीले
गरेको कसरी थाहा भयो, उहाँ कहिलेदेखि न्यायाधीश बन्नुभयो ।” उहाँले
आगामी मङ्सिरभित्र संविधानसभा निर्वाचन हुनेमा कुनै शङ्का नगर्न
आग्रह गर्दै मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीसँग आफूले
गरेको पछिल्लो छलफलका आधारमा केही दिनभित्रै
निर्वाचनको मिति घोषणा गरिने अनौपचारिक
सहमति भएको जानकारी दिनुभयो । विद्यालयले
आयोजना गरेको धान्याचल
माहायज्ञमा राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन
माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेको परिवारले ३५ लाख
सहयोग प्रदान गरेपछि विद्यालयको नामसमेत परिवर्तन गरी ‘हिमालय
दण्डपाणि न्यौपाने उच्च मावि’ राखिएको छ । रासस